olux

काठमाडौं बालुवाटारमा रहेकाे सुबिसु कार्यालयमा भीषण आगलागी

काठमाण्डौको बालुवाटारमा रहेको इन्टरनेट सेवा प्रदायक सुबिसुको कार्यालयमा आगलागी भएको छ । बुधवार मध्याह्न करीब साढे १२ बजेबाट शुरू भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।आगो नियन्त्रणमा लिनका लागि घटनास्थलमा भर्खरै दमकल पुगेको छ । आगलागीबाट ठूलै क्षति भएको आशंका गरिएको छ ।कार्यालय वरपर रहेका बिजुलीका पाेल तथा तार जलेर नष्ट भएकाे छ । आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी,स्थानीय बसिन्दालगायतले प्रयास गरिरहेका छन् ।प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले आगलागीको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी नै रहेको बताएका छन।आगो नियन्त्रण गर्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ।थप विवरण अाउन बाकी

प्रतिक्रिया दिनुहोस