देश भित्रै पाइलटहरु उत्पादन र आवश्यक ट्रेनिङको व्यवस्था हुन्छ :भट्टराई

काठमाडौं :-  नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले उडड्यन विद्यालय (फ्लाईङ स्कुल) स्थापना गर्ने नयाँ योजना सार्वजनिक गरेका छन् ।

उनले देश भित्रै पाइलटहरु उत्पादन र आवश्यक ट्रेनिङको व्यवस्था गर्न सो विद्यालय स्थापना गर्ने योजना बनाएको उनले बताए । मन्त्रालयमा बुधबार संचारकर्मीहरुसँग कुरा गर्दै उनले पाइलट पढ्न ५० लाखभन्दा बढी खर्च गरेर विदेश जानुपर्ने अवस्था रहेको उल्लेख गर्दै कम खर्चमा देशमै अध्ययनको व्यवस्था गर्न त्यस्तो विद्यालय स्थापना गर्ने योजना बनाएको स्पष्ट पारे ।

त्यसका लागि सरकारले केही लगानी गर्ने र अन्य लगानी वायु सेवा कम्पनीहरुबाट जुटाउने मन्त्री भट्टराईको योजना छ ।  वायु सेवा कम्पनीहरुलाई पनि पाइलट चाहिने भएकाले लगानी गर्ने विश्वास लिएको बताए ।

भट्टराईले केही दिन भित्रै सो विद्यालय स्थापनासम्बन्धि विस्तृत योजना ल्याउने घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस