पृथ्वीमा भएका हरेक प्राणीको जन्ममिति हुन्छ । प्रथम पटक पृथ्वीमा आएको दिन हो जन्ममिति । जन्ममितिको आधारमा बार्षिक रुपमा मनाइने बार्षिक उत्सव जन्मदिन हो ।जन्ममितिकै आधारमा उमेर अनुमान गर्न सकिन्छ । मानव जिवनमा यसको ठुलो महत्व रहेको छ । उमेरकै आधारमा मानिसको रहनसहन हुन्छ ।विशेषगरी जन्मदिन नेपाली पात्रो तथा अंग्रजी पात्रोको आधारमा मनाउने परम्परा छ । तर जन्मदिन मनाउँदा जन्म तिथीको आधारमा मनाउनु उत्तम मानिन्छ । ज्योतिष शास्त्रका अनुसार अरु मितिमा भन्दा जन्म तिथिमा जन्म दिन मनाउँदा जन्मदिनको कर्मवाट हुने फल प्राप्त हुन्छ । जन्म तिथीमा नक्षेत्र, तथा अधिकांश ग्रहरुको उत्तम संयोग परेको हुन्छ त्यसैले जन्मदिन मनाउँदा तिथिकै आधारमा मनाउन उत्तम मानिएको छ ।जन्मदिन भन्नाले केक काट्ने, साथिहरुसंग शुभकामना आदान प्रदान गर्ने, पार्टि दिने, नाचगान गर्ने अनि गिफ्ट प्राप्त गर्ने भन्ने कुरा बुझिन्छ तर यो धारणा गलत हो । जन्मोत्सवको कार्यक्रम शुरु गर्नुअघि दियोमा बत्ति बाल्न र जन्मोत्सव कार्यक्रम मनाउने अवधिभर उक्त दियो बलिरहनु पर्छ भन्ने मान्यता छ ।दियो नभएमा कम्तिमा एउटा मैनबत्ति बालेर उक्त मैनबत्ति जन्मोत्सव चलिरहँदा बलिरहन दिनुहोस् । आफूभन्दा ठूलाको आशिर्वाद मानिसको जीवनमा आफूभन्दा ठूलाको आशिर्वादको ठूलो महत्व राखेको हुन्छ । त्यसैले जन्मोत्सवमा आफूभन्दा ठूलाको आशिर्वाद लिनु राम्रो हुन्छ ।हामी आफनो जन्मदिनमा कुनै पनि वृद्धाश्रम, वालआश्रम, गरिव, भोका नाङ्गा आदीलाई आफ्नै हातले वा कोही व्यक्तिहरुमार्फत खानेकुराहरु वितरण गर्न सक्छौं । हाम्रो शास्त्रीय मान्यताले भोका व्यक्तिलाई खान दिएमा सबैभन्दा ठूलो पुण्य हुने उल्लेख गरेको छ ।आफना बालबालिकाको जन्मोत्सव मनाउँदा देखिनै उनीहरुलाई अब आउने नयाँ वर्षमा केही राम्रा र निश्चित काम गर्नेछु भनि अठोट गर्ने बानी बसाल्नु पर्दछ । किनकी जन्मोत्सव जस्तो महत्वपूर्ण दिनमा गरिने वाचालाई सधै सम्झने र त्यसलाई अबलम्बन गर्नु पर्छ भन्ने मनोविज्ञान बालबालिकामा सदैव रहन्छ ।खालि ‘ह्याप्पी बर्थ डे’को गीत गाएर थपडी बजाई केक काटेर मात्र पनि जन्मदिन मनाईदैन । मन्त्रोच्चारण सहितको विधि सबैभन्दा राम्रो वैदिक परिम्पराअनुसार तय गरिएको मन्त्रोच्चारण सहित जन्मोत्सव मनाउँदा उत्तम हुन्छ । जन्मदिन मनाउन सवेरै उठेर स्नान गर्नु प्रात कालको नित्य कर्म गरेर, देव अर्चन गरेर दानको संकल्प उपहार लिनु भन्दा पनि दान दिनु उत्तम हुन्छ ।बालगृह, छात्राबास आदिमा आवस्यक पर्ने खाद्य सामग्री, कपि, कलम, लुगा आदि दान पनि दिन सकिन्छ । यसले समाजको सेवा पनि हुन्छ जन्मदिन मनाउने बाल बालिकाको हृदयमा आनन्द पनि हुन्छ ।आफूभन्दा ठुलो, मान्यजनबाटलाई आभिवादन गर्दै आशिर्वाद लिने । उनीहरुको सेवा सत्कार गर्ने । जन्मदिन मनाउँदा केक काट्ने प्रचलन रहि आएको छ तर केक काटेर बत्ति निभाउनु उत्तम मनिँदैन ।
(आज मेरो जन्मदिन परेकाले अली कति लेख्ने प्रयास मात्र…
God, thank you for giving me the unique opportunity to be able to wish myself a happy birthday today in good health and happiness. I pray that You will continue to bestow blessings of health and joy on my life. Thank you. My phenomenal Creator, you make every day of my life so wonderfully beautiful, as only You can!puskarkhadka