ओखलढुंगा जिल्लाको चम्पादेबी गाउपालिका वडा न १ र २ मा केहि महिनादेखि बाघको आतंक बढेको छ । बाघको आक्रमणबाट पलापु १ का हिरा बहादुर श्रेष्ठ घाइते भएका छन । बाघले निरन्तर गाउँमा आतंक मच्चाउन थाले पछि स्थानीय र गाउँलेहरु मिलेर धपाउने क्रममा श्रेष्ठ घाइते भएका हुन ।पहिलो दिन डाङसिटार खोला गाउँको मोहन मगरको एउटा बाख्रा मारे पछि क्रमश बेलटार, फलामे,भोगटेनी जारीगाउँ,गैरीटोल हुदै कुरुटोल सम्म बाघको आतंक फैलिएको थियो ।करिब एक हप्ताको बीचमा मात्रै २७ वटा बाख्रा बाघको आक्रमणमा परेका छ्न । बाघले दिनरात गोठमा पसेर बस्तुभाउलाई आक्रमण गर्न थाले पछि स्थानीय त्रसित बनेका छ्न ।जुनसुकै बेला बाघले आक्रमण गर्न सक्ने डरले स्थानीय गाउँलेहरुलाई खुल्लमखुल्ला हिड्डुल गर्न खेतिपाती तथा घरायसी काम गर्न निकै सास्ती परेको स्थानीय खिम श्रेष्ठले बताउनुभयो । बाघले धेरै दुख दिन थालेको र स्थानियहरुमा त्रास बढेको भन्दै चम्पादेबी गाउपालिकाले बाघ धपाउने काम अगाडी बढाउने जानकारी दिएको छ । गाउँबाट बाघ धपाउनका लागी जिल्ला वन कार्यलय , जिल्ला प्रहरी कार्यलय , स्थानिय तहका प्रतिनिधि लगायत स्थानिय नागरीकहरुको समन्वयमा काम थालिने चम्पादेबी गाउपालिका अध्यक्ष नवराज केसीले बताउनुभयो ।