भारतकि पूर्वविदेशमन्त्री सुष्मा स्वराजको ६७ वर्षको उमेरमा निधन

भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ । उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा ६७ वर्षको उमेरमा निधन भएको थियो ।
२५ वर्षको उमेरमा राजनीतिमा लागेकी उनी तीन पटक विधानसभा चुनाव लडिन् र जितिन् । उनी सात पटक सांसद भएकी थिइन् ।उनलाई एक प्रखर वक्ता, प्रभावी राजनीतिकर्मी र कुशल प्रशासक मानिन्छ ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले श्रद्धाञ्जली दिएका छन् । भारत मोदीले एक असाधारण नेताको निधनको शाकमा रहेको बताएका छन् ।
भारतीय जनता पार्टीका कार्यकारी अध्यक्ष जेपी नड्डाका अनुसार स्वराजको पार्थिव शरीर बुधबार १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पाटी कार्यालयमा राखिने छ । त्यसपछि लोधी रोडको क्रेमेटोरियममा राष्ट्रिय सम्मानका साथ उनको अन्तिम संस्कार गरिने छ ।

प्रतिक्रिया दिनुहोस