रामेछापका अस्पतालमा रगतको अभाव हुँदा विरामीहरु समस्यामा

२२साउन,रामेछाप:
रामेछापमा रहेको अस्पतालहरुमा रगतको अभाव हुँदा विरामीहरु समस्यामा पर्ने गरेका छन् । नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाले सञ्चालन गरेको रक्त सञ्चार केन्द्र बन्द भएपछि रामेछापमा रगत अभाव भएको हो ।नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाले सञ्चालन गरेको रक्त सञ्चार केन्द्र बन्द भएपछि रगतको अभावमा विरामीहरु समस्यामा पर्ने गरेका छन् । रगतको अभावमा जिल्लामा उपचार हुनसक्ने विरामीहरुलाई पनि उपचारको लागि काठमाडौं पठाउनु पर्ने वाध्यता रहेको छ । रामेछापमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले सञ्चालन गर्दै आएको रक्त संचार सेवा केन्द्रमा काम गर्ने ल्याव टेक्निसियन कर्मचारीहरुले तलब नपाएपछी रक्त संचार केन्द्र वन्द भएको हो । तलब नपाएपछि ३ जना ल्याव टेक्निसियहरुले काम छोड्दा साउनको पहिलो हप्तादेखि रक्त सञ्चार केन्द्र बन्द रहेको छ । ल्याव टेक्निसियन तामाकोसी अस्पताल सहकारी अस्पतालका ल्याव टेक्निसियनराधिका कार्कीले आफुहरुले तलब नपाएको कारण काम गर्न नसक्दा रक्त संचार केन्द्र बन्द हुन पुगेको बताउनुभयो
नेपाल रेडक्रस सोसाइटीले २०७३ साल माघ देखि सञ्चालन गर्दै आएको रक्त सञ्चार केन्द्र बन्द भएपछि जिल्लामा रगतको अभाव भएको हो । रक्त सञ्चार केन्द्रमा रगत खोज्न जाने विरामीलाई रगत मिल्ने आफन्त लिएर आउनु भनेर फर्काउने गरेको कलामाई नपा– १२ सिन्धुलीका पदमबहादुर श्रेष्ठले बताउनु भयो सिन्धुली, दोलखा, ओखलढुङ्गा लगायत जिल्लाहरुबाट मृगौलाको डायलासिस गर्न आउँने विरामीहरु, रगतको अभावमा समस्यामा पर्ने गरेका हुन् । विशेष गरि सुत्केरी, गर्भवती महिला र दुर्घटनामा परि घाइते भएका विरामीहरुलाई रगतको आवश्यकता पर्ने गरेको छ । रगतको अभावमा कतिपय विरामीहरुले त अकालमै ज्यान समेत गुमाउनु परेको तामाकोसी अस्पताल रामेछापका डा. सुमन कर्माचार्यले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस