खाना पकाउने ग्याँसको भाउ घट्यो

२२ साउन,रामेछाप
रामेछाप । लामो समयपछि खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदखि लागू हुनेगरी प्रति सिलिण्डर २५ रुपैयाँ घटाएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अनुसार निगमले ग्यासको मूल्य घटाएको हो ।यसअघि खाना पकाउने एलपी ग्याँसको मूल्य प्रति सलिण्डर १ हजार ४ सय रुपैयाँ थियो । अब उपभोक्ताले प्रति सिलिण्डर १ हजार ३०० सय ७५ रुपैयाँमा खरिद गर्न पाउने छन् । निगमले पेट्रोलमा प्रतिलिटर १०० रुपैयाँ बढाएको छ । यसैगरि, डिजेल र मट्टितेलको भाउ प्रति लिटर ५० पैसाले वृद्धि भएको छ ।
निगमले निर्धारण गरेको स्वचालित मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रति लिटर एकसय ९ रुपैयाँ, डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रति लिटर ९७ रुपैयाँ भएको छ ।

प्रतिक्रिया दिनुहोस