रामेछाप-रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटार बजारमा साउन ९ गते विद्युत्त सर्ट भई आगोलागी भएर घर पुर्ण रुपमा क्षति भएका आगलागी पीडित परिवारलाई हिमगंगा मा वि का पुर्व विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् । २०५३ सालमा एस. एल. सी .दिएका विद्यार्थीहरुका समुहको पहलमा आगलागी पीडित ९ जनालाई ६६ हजार हस्तान्तर गरिएको २०५३ साल एस एल सी समुहका मनोज बज्राचार्यले जानकारी दिनुभएको छ । उक्त समुहले आगलागी पीडित ५ जनालाई नगद १० हजार र अन्य ४ जनालाई ४ हजारको दरले आर्थिक सहयोग गरेको छ । यसैगरी साँघुटार समाज काठमाण्डौले आगलागी पीडितलाई १ लाख ४४ हजार नगद सहयोग गरेको छ । मनोज बज्रचार्य,कैलाश ताम्रकार र मोतिलाल उदासको नेतृत्वमा गएको समुहले सहयोग रकम हस्तान्तरण गरिएको थियो ।