रामेछापको सदरमुकाम मन्थलीमा ललिपप मिठाई बनाउने तालिम सुरु

२२साउन,रामेछाप
रामेछापको सदरमुकाम मन्थलीमा ललिपप बनाउने तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा रामेछापको आयोजनामा सुरु भएको सो तालिम चिरञ्जिवि डेरीमा सुरु भएको छ । तालिम उद्घाटन मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले गरे ।१० दिने सो तालिममा रामेछापका साना तथा मझौला होटल र मिठाइ पसलका २० जना व्यवसायीहरु सहभागि छन् । तालिममा दुधबाट ललिपप तथा चक्लेट बनाउने तालिम दिइने आयोजकले जनाएको छ । घरेलु तथा साना उद्योग महासंघ रामेछापका अध्यक्ष शेरबहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगरप्रमुख बस्नेतले व्यवहारमा उपयोग हुने गरी शिप सिक्न आग्रह गरे । उनले स्थानीय स्रोत, साधन र सीप परिचालन नभएसम्म विकास सम्भव नहुने बताए ।कार्यक्रम घरेलु तथा साना उद्योग विकास समिति रामेछापका प्रमुख मेघराज गौतम, महासंघका ३ नं प्रदेश उपाध्यक्ष ज्ञानबहादुर खड्का, सौगात लघुउद्यम सहकारी संस्था लिमिटेड सिन्धुलीकी अध्यक्ष विमला थापा लगायतका व्यक्तिहरुले मन्तव्य राखेका थिए । तालिम साउन ३० गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस