देशका विभिन्न ठाउँमा रातिदेखी भारी बर्षा, सचेत रहन मौसमबिदको आग्रह

काठमाडौं– मनुसन पुनः सक्रिय भएको छ । मौसविद्हरुका अनुसार मंगलबार राति देखि नै देशका विभिन्न स्थानमा बर्षा भइरहेको छ । पश्चिमी तथा पूर्वी तराईका केही स्थानमा पानी परिरहेको मौसमपूर्वनुमान महाशाखाले जनाएको छ । महाशाखाले सोमबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ ।

देशको केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ पर्ने तथा पूर्व र पश्चिमी तराई तथा पहाडी भेगका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आइतबार रातिदेखि मनसुन सक्रिय भएकाले देशभर मौसमी गतिविधि बढेको हो। आज (बुधबार ) पनि वर्षा जारी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तो छ महाशाखाको बुलेटिन

मौसम विश्लेषण
मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तर (नेपाल) तर्फ सरेको छ।

देशभर समग्र मौसमको अवस्था
हाल देशभर सामान्यदेखि पूर्णसम्म बदली छ। तराईका धेरै स्थानमा मेघ गर्जनरचट्याङसहित वर्षा भैरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

श्रावण २० गते सोमबार
दिउँसोः देशभर आंशिकदेखि सामान्यसम्म बदली रही धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने छ। साथै पूर्व र पश्चिम तराई क्षेत्रका थोरै स्थामा भारी वर्षाको पनि सम्भावना छ।
रातिः देशभर सामान्य बदली रही पश्चिमि भूभागका केही स्थानमा तथा मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै मध्य र पश्चिमी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

श्रावण २१ गते मंगलबार
दिउँसोः देशभर सामान्यदेखि पूर्णसम्म बदली रही केही स्थानमा वर्षा हुनेछ।
रातिः देशभर सामान्यदेखि पूर्णसम्म बदली रही धेरै स्थानमा वर्षा हुनेछ। साथै मध्य र पश्चिमी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

श्रावण २२ गते बुधबार
दिउँसोः देशभर सामान्यदेखि पूर्णसम्म बदली रही केही स्थानमा वर्षा हुनेछ। साथै पूर्व र मध्य क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
रातिः देशभर सामान्यदेखि पूर्णसम्म बदली रही धेरै स्थानमा वर्षा हुनेछ। साथै पूर्व र मध्य क्षेत्रका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ

प्रतिक्रिया दिनुहोस