दाङ :- दाङको तुलसीपुरमा पनि कपडा बैंक खुलेको छ। यो बैंकवाट सित्तैमा पुराना कपडा लैजान पाइने छ । यसमा कपडा छोड्न पनि पाइने छ। जसको नेतृत्व यातायात व्यवसायी भिमसेन लहरेले गरेका छन् । अध्यक्ष लहरेले काठमान्डौं लगाएका स्थानमा यस्तै निशुल्क कपडा पाइने बैंकहरु खुलेको खवर मिडियामा सुनेर आँफुहरुले पनि सल्लाह गरेर खोलेको बताए ।
तुलसीपुरको बसपार्कमा गरिव दुःखी लत्ता कपडा सहायता केन्द्रको मंगलवार तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विरेन्द्र शाहले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि शाहले साहेता केन्द्रलाई सबैले सहयोग गर्नुपर्ने बताउँदै वडा नं. ५ लेपनि यसको विकासको लागि सहयोग गर्ने बताए । ‘गरिव दुःखीलाई केही न केही सहयोग पुगोस भन्ने उदेश्यका साथ सुरु गरिएको यो अभियानमा सबैले हातेमालो गर्न जरुरी छ,’ अध्यक्ष शाहले भने ।
कार्यक्रमका विशिष्ट अतिथि तथा त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालीका अध्यक्ष सुरशे हमालले यातायात व्यवसायी,कर्मचारी र मजदुरले मिलेर कपडा साहेता केन्द्र संचालनमा ल्याएको बताए । केन्द्रका सल्लाहाकार समेत रहेका हमालले गरिव दुःखीलाई आफ्नो नाङ्गो शरिर छोप्नको लागि सहयोग केन्द्र सहयोगी बन्ने उनले आशा व्यक्त गरे । सहायता केन्द्रका सचिव प्रकाश भट्टले किनेर कपडा लगाउन नसक्ने गरिव दुःखीलाई लक्षित गरि कपडा साहेता केन्द्र संचालनमा ल्याइएको हुँदा घरमा रहेका पुनारा कपडा ल्याइदिन उनले आग्रह गरे । साथै उनले साहेता केन्द्रमा आएर जो कोहीले आँफुलाई मन परेको कपडा छानेर लैजान सक्ने बताए ।
नेपाल यायातायात मजदुर संगठनका जिल्ला अध्यक्ष सुवर्ण राज भण्डारीले सहायता केन्द्र खोल्नु आँफैमा एउटा खुसीको कुरा भएको बताए । साहेता केन्द्रका सदस्य समते रहेका भण्डारीले आँफु फेन्सि व्यवसायी पनि भएको हुँदा विगतमा नविगेका पुराना कपडा खोलामा बगाउने गरेको भएपनि अब त्यसो नगर्ने बरु साहेता केन्द्रमा ल्याएर छोड्ने बताए । ‘ म अरु फेन्सि व्यवसायीलाई पनि नविगेका पुराना कपडा सहायता केन्द्रमा ल्याएर छोड्न आग्रह गर्छु,’ भण्डारीले भने ‘ कम्तिमा यहाँ छोड्दा गरिव दुःखीले त कपडा लगायउन पाउँछन् ।’
सित्तैमा कपडा पाउँदा खुसी
सित्तैमा एक जोडा कपडा लिन पाएपछि तुलसीपुर ९ थर्कुडाँडाका रामबहादुर सुनार र उनका सानो छोरा कमलले औधि खुसी लागेको प्रतिक्रिया दिएका थिए । बबई गाउँपालिकाको सुन्दरखाल निवासी एक अर्का बालक दिपक नेपालीले पनि छानेर सित्तैमा कपडा लैजान पाएकोमा खुसी व्यक्त गरेका थिए । उनले यसले आफुजस्ता गरिव सुमुदायका व्यक्ति र बालबालिकालाई राम्रो हुने प्रतिक्रिया दिए ।
कार्यक्रम गरिव दुःखी लत्ता कपडा साहेता केन्द्रका अध्यक्ष भिमसेन लहरेको अध्यक्षतामा भएको थियो भने सहजीकरण पत्रकार शरद रेग्मीले गरेका हुन ।साभार: फरक कोन