रामेछाप जिल्लाका विप्लव समुहका इन्चार्ज यादव ढुङ्गेल पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द समूहको रामेछाप इन्चार्ज यादव ढुङ्गेललाई काभ्रेपलाञ्चोकको धुलिखेलबाट पक्राउ गरेको छ । प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार ढुङ्गेललाई आइतबार राति पक्राउ गरिएको हो । ढुङ्गेलमाथि काभ्रेपलाञ्चोकको भुम्लुस्थित एनसेल टावरमा आगजनी गरेको आरोपमा पक्राउ गरिएको उनले जानकारी दिए ।त्यसैगरी विप्लव समूहका काभ्रेपलाञ्चोक जिल्ला सदस्यद्वय सुन्दर रायमाझी र अनिल रायमाझीलाई पनि प्रहरीले शुक्रबार राति पनौती नगरपालिका–४ बाट पक्राउ गरेको छ ।प्रहरीका अनुसार पनौतीमा विस्फोटक पदार्थ राखी आतङ्कित पारेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले १६ गते राती रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित वडा कार्यालयमा विस्फोट गराउने समुहको भनेसम्म अहिले सम्म पहिचान गर्न सकेको छैन् ।विस्फोट गराउने समुहको  खोजी कार्य भैरहको प्रहरी ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस