नेपाली कांग्रेसले कञ्चनपुरमा मनोमानी गरेकाे भन्दै वडा कार्यालयमा तालाबन्दी

पुष्कर खड्का
नेपाली कांग्रेसले कञ्चनपुरको एक वडा कार्यालयमा तालाबन्दी गरेको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ९ को कार्यालयमा आईतबार नेपाली कांग्रेस वडा कार्य समितिले तालाबन्दी गरेको छ । वडा सभापती घनश्याम जोशीले कार्य सम्पादन र योजना छनौटमा मनोमानी गरेकाे भन्दै तालाबन्दी गरिएको हाे।वडा कार्यालयले गत आर्थिक वर्ष २०७५/०७६ मा सडक ग्रावेल, कल्र्भड लगायतका योजना तर्जुमा गर्दा मनोमानी गर्दै बजेट खर्च गरिएको उनले जनाए। यस्तै चालु आर्थिक वर्ष २०७६/०७७ मा पनि योजना छनौटमा गर्दा मनोमानी गरिएका कारण तालाबन्दी गरिएको कांग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस