सुनकोशी नदिमा पक्की पुल संचालनमा आएसंगै नियमित वस सेवा सुरु

रामेछापको पश्चिमी दोरम्वा गाउँपालिका वडा नम्वर १ डडुवाको राजभिर भन्ने ठाउँसम्म सिधा यात्रुवाहक वस सेवा संचालनमा आएको छ । रामेछाप र सिन्धुलीको सिमावर्ती क्षेत्र खैरेनिघाटस्थित सुनकोशी नदिमा पक्की मोटरेवल पुल संचालनमा आएसंगै साउन १९ गते आईतबार नेपालथोक–दोरम्वा–राजभिर–शैलुङ सडक खण्ड अन्तर्गत दोरम्वा–राजभिर–शैलुङ सडक खण्डमा यात्रुवाह सवारी साधन पु¥याई उद्दघाटन गरिएको हो ।दोरम्वा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले यात्रुवाह सवारी साधन पु¥याई सडक संचालनमा आएको घोषणा गर्नुभयो ।

 

त्यस कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापकी सदस्य ङिडोमा शेर्पा,दोरम्वा गाउँपालिका वडा नम्वर २ का अध्यक्ष खड्क वहादुर श्रेष्ठ लगाएत स्थानिय वासिन्दाहरुको उपस्थिती रहेको थियो ।अव त्यस क्षेत्रमा राजधानी काठमान्डौबाट दैनिक रुपमा अरनिको यातायातको यात्रुवाहक बस जानेछ । बस सेवा शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले शैलुङ क्षेत्रको समृद्धिमा सडक यातायातको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । यातयातको पहुँच भएसंगै शैलुङ क्षेत्रको विकाशले गति लिने अध्यक्ष मोक्तानको विश्वास छ ।यता सुनकोशी नदिमाथी खैरेनिघाटमा पक्की मोटरेवल पुल संचालनमा आएसंगै करिव २ घण्टाको यात्राबाट सित्खा देखी शैलुङसम्म पुग्न सकिनेछ । त्यहाँसम्मको सडक करिव २४ किलोमिटर रहेको छ । यो सडक नै रामेछापको पश्चिमी क्षेत्रलाई जोड्ने सवैभन्दा छोटो दुरीको सडकमार्ग हो ।सुनकोशीको तिरवाट ३ हजार १ सय ४८ मिटर उचाईमा रहेको पर्यटकीय गन्तव्य शैलुङ पुग्न सकिन्छ । सुनकोशीको वेसी क्षेत्रबाट हिउँ पर्ने शैलुङसम्मको यात्रा गर्दा प्र्राकृतिक विवधताले भरिपुर्ण हुन्छ । यात्रुवाह सवारी संचालनमा आएसंगै पर्यटकहरु सजिलै शैलुङ पुग्न सक्ने र त्यस क्षेत्रको आन्तरिक तथा बाह्य पर्यटनमा समेत टेवा पुग्ने पश्चिमी रामेछाप पर्यटन विकास केन्द्रका अध्यक्ष दावा साङवु शेर्पाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस