प्रेमी सँगको गोप्य तस्बिर बाहिरीए पछी प्रेमी संगै झुन्डिएर आत्महत्या

काठमाडौँ– सोलुखुम्बुका दुई जना काठमाडौंको कपनमा सँगैं झुन्डिएको अवस्थामा फेला परेका छन् । सोलुखुम्बु सोताङ गाउँपालिकाका ४ नाम्लुङका २१ वर्षे अमिर–चन्द्र नाछिरिङ र माप्य दुधकोशी गाउँपालिकाका निर्मला खालिङ सँगैं झुन्डिएका अवस्थामा फेला परेका हुन् ।

निर्मला छोरी पढाउन काठमाडौं बस्दै आएकी र उनका श्रीमान् भने विदेशमा रहेका जानकारी पाइएको छ । त्यस्तै चन्द्र–अमिर भने एक महिना अगाडि काठमाडौं आई फुपूसँग बसेको उनका आफन्तहरुले बताएका थिए ।

आइतबार साँझ ७ बजेको समयमा सामाजिक संजाल फेसबुकमा सोताङकै भिम राई सोलु नेपाल प्रयोगकर्ता भएको फेसबुक आइडीबाट उनीहरुको मुख जोडेको फोटो अपलोड गरिएको थियो ।

त्यसैकारण उनीहरुले आत्महत्या गरेका मृतकका आफन्तहरुले बताएका छन् । तर, भिम राई सोलु नेपालले भने सो फोटो अर्कै फेसबुक प्रयोगकर्ताबाट प्राप्त भएको टिप्पणी बक्समा प्रतिक्रिया दिएका छन्

प्रतिक्रिया दिनुहोस