नागपञ्चमी पर्व,नागको चित्र टाँसेर पूजा गरी मनाइँदै

काठमाडौं :-  श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथिलाई नागपञ्चमी भनिन्छ । यो दिन नागको पूजा गर्ने गरिन्छ । गरूढ पुराण अनुसार नागपञ्चमीको दिन दीप, कलश, गणेश पूजा गरी गोबरको नाग बनाइ वा नागको मानचित्रमा दही दूबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी ढोकामा टाँस्ने परम्परा रहेको छ । ज्योतिष शास्त्र अनुसार पञ्चमी तिथिको स्वामी नाग हुन्छ । यसरी नाग पञ्चमीमा सर्पलाई देवता मानेर पूजा गरिन्छ ।हाम्रो देशमा धेरै मात्रामा नाग मन्दिर छैनन् र पनि श्रद्धा भक्तिको साथमा नागको पूजा गर्ने चलन छ । यस बर्ष नाग पंन्चमि को अति नै विशेष महत्व छ,किनभने नागपन्चमी सोमवारको दिन छ ।धार्मिक मान्यता अनुसार नाग देवताको पुजा र रुद्राभिषेक गर्नाले भगवान शंकर प्रसन्न हुनुहुन्छ।यदि कोहि ब्यक्ती को जन्म कुण्डली मा काल सर्प को दोष छ भने नागपन्चमि को दिन भगवान शंकर र नागदेवताको पुजा आरधना गर्नाले कालसर्प दोष शान्त हुन्छ। यो दिन नाग तथा शिवजी को आरधना गर्नाले मनोवान्छित फल प्राप्त हुन्छ र धनलक्ष्मि कोआशिर्वाद पनि प्राप्त हुन्छ। व्रत बसेर शिवजीर नाग को पुजा गरेर ब्राह्मण लाई भोजन गराएमा आफ्नु घरमा सर्प को भय हुदैन र सर्पको भयबाट मुक्ती मिल्छ।नागपञ्चमीलाई धार्मिक रुपमा यसरी लिइन्छ भने वैज्ञानिक रुपमा पनि यस्को धेरै महत्व रहेको छ । सर्पले हाम्रो वातावरणलाई स्वच्छ बनाउँछ । सर्पमा इको सिस्टम अत्यन्त मजबुत हुने गर्दछ । त्यसैले हाम्रो वरिपरिको वातावरण स्वच्छ हुन्छ । सर्पले, मुसा, किरा, इत्यादी खान्छ जसको कारण इको सिस्टम बलियो रहन्छ ।

प्रतिक्रिया दिनुहोस