पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निकाल्ने चेतावनी

१९ साउन,रामेछाप
पुष्कर खड्का
नेपाल कम्युष्टि पार्टी ( नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघिय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध यसैगरी वकबास गरि रहे पूर्व राजा ज्ञानेन्द्रले नागार्जुनबाट निस्कनु पर्ने चेतावनी दिएका छन् । संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको क्रममा शरण पर्न आएकोले उनलाई संरक्षण दिएको बताउँदै लोकातन्त्रको विरुद्ध उनका दलालहरुले यसैगरि वकबासर गरे उनलाई नेपाली जनताले नागार्जुबाट निकल्ने प्रचण्डले चेतावनी दिए । सिन्धुलीको बिपिमार्गबाट रामेछापको खाँडादेवी गाउँपालिका जोड्ने सुनकोसी माथिको खैरेनी घाट पक्कि पुलको आइतबार उद्घाटन गर्दै प्रचण्डले अहिले राजा माहाराजाका केही दाशहरुले सरकार मात्र हैन व्यवस्थानै फेर्ने सपना देख्दै वकबास गरि रहेको आरोप लगाए । यदि उनीहरु सच्चियनन् भने उनीहरुले नसोचेको हविगत हुने उनले बताए । उनले जनताको त्याग र वलिदानले ल्याएको व्यवस्थाको सम्मान गरी अघि बढ्न सबैलाई आग्रह गरे । जीन्दगी भरि तानाशाहहरुको चाकरी गर्नेहरु अहिल सरकार र व्यवस्थाको विरुद्ध प्रचारमा लागेको उनको आरोप थियो । उनले कसैको मायाँले कम्युनिष्टको बहुमतको सरकार नबनेको बताउँदै जनमतको सम्मन गर्न पनि आग्रह गरे । केपी ओलीलाई जेलमै सडाउने र प्रचण्डको टाउको झोलामा ल्याउन लगाउने दलालहरु यो व्यवस्था विरुद्ध लागेको उनले बताए ।


कार्यक्रममा बोल्दै प्रचण्डले सराको विकासको गति अझै पनि चाहे जस्तो नभएको बताए । प्रचण्ड प्रधानमन्त्री भएको बेला उनले नै सिलान्यास गरेको सो पुलको उद्घाटन गर्दै पुलले रामेछाप, सिन्धुली र काभ्रेका जनताको आर्थिक, सामाजिक तथा राजनीतिक विकासमा सहयोग गर्ने बताए । पुल उद्घाटन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य हरिवोल गजुरेल , प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री एवं नेकपाका केन्द्रीय सदस्य कैलाश प्रसाद ढुंगेल र प्रतिनिधिसभा सदस्य एवं नेकपा केन्द्रीय सदस्य श्याम कुमार श्रेष्ठ लगाएतका नेताहरुले बोलेका थिए । यो पुल बनेसंगै रामेछाप,सिन्धुली र काभ्रेका सर्वसाधारण नागरिकहरुको आवतजावतमा सहजता भएको छ । करिब ९० मिटर लम्बाई रहेको पुल एघार बर्ष अघि निर्माण थालिएको थियो । तीन बर्षको अवधिमा निर्माण सुरु गरिएको सो पुल निर्माणका लागि करिब नौ करोड लगानीमा भएको थियो।र रामेछाप बासिमा खुसियाली छायको छ ।

प्रतिक्रिया दिनुहोस