डिभाईन टेम्पल एकेडमीले गर्‍यो ११ का भाइ बहिनीहरुलाई स्वागत

दाङ :-   डिभाईन टेम्पल एकेडेमीका कक्षा -12 का विद्यार्थीले नवागंतुक कक्षा -11 का भाइ बहिनीहरुलाई घोराही स्थित बारकुने दहमा एक औपचारिक कार्यक्रम गरी स्वागत गरेका छन। कक्षा 12 का छात्र चिरण केसीको सभापतित्वमा सप्पन्न कार्यक्रममा एकेडेमीमा प्रीन्सिपल भोजराज न्यौपानेले प्रमुख अतिथिको मन्तव्यबाट बोल्दै विद्यार्थीहरुलाई विद्यालयको प्रगती विवरण र भाबी योजना बारे बताएका थिए। बिशिस्ट अतिथिको रूपमा बोल्दै विद्यालयका एकेडेमीक कोअर्डिनेटर कुलानन्द अधिकारी र श्रीगाउ माबीका गणित शिक्षक एवं एकेडेमीका शुभचिन्तक देवराज गौतमले डिभाईन टेम्पल एकेडमीले कसरी उत्कृष्ट कार्य गर्छ र समाजमा आफू स्थापित भएको छ भन्नेबारे विद्यार्थीहरुलाई जानकारी गराए। त्यस्तै गरेर तुलसीपुर रोजगार शाखाका प्रमुख एवं एकेडेमीका शिक्षक भागवत घिमिरे, सिद्धार्थ बैंकका लोन अफीसर एवं एकेडेमीका शिक्षक शागर न्यौपाने लगायत विद्यार्थी डिला अधिकारीले आफ्नो मन्तव्यमा एकेडेमीको प्रगती र सफलताको राज ब्यक्त गर्दै नवागंतुक विद्यार्थीहरुलाई स्वागत गरेका थिए। कक्षा -12 का छात्रा क्रीतिका बस्नेको स्वागत मन्तव्य बाट शुरु गरेको कार्यक्रममा कक्षा 12 का विद्यार्थीहरुले कक्षा 11 मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत एवं सम्मान गरेका थिए भने विभिन्न गीत, नृत्य बाट कार्यक्रममा सास्कृतिक मनोरञ्जन प्रदान गरेका थिए।

उक्त कार्यक्रममा बनभोजको पनि आयोजना गरिएको थियो भने विद्यार्थीहरुलाई फिल्ड भिजिट अन्तरगत ज्यामिरेदह सम्म पदयात्रा गराइएको थियो।

गत बर्ष देखि कक्षा -11 संचालक गरेको डिभाईन टेम्पल एकेडेमीले ब्यबस्थापन (Management) र मानबिकी (Humanities) तर्फ कक्षाहरु संचालक गरेको छ। छोटो क्षेत्रमै दाङ तुलसीपुरमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस एकेडेमीको आजको स्वागत कार्यक्रम कक्षा -12 का तुलसिराम भण्डारीले सन्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस