खैरेनीघाटाको पुल उद्धघाटन गर्न रामेछाप जाँदै अध्यक्ष प्रचण्ड

१८साउन, रामेछाप
पुष्कर खड्का
रामेछाप–सिन्धुली जोडने खैरेनीघाटको पक्कि पुल उद्धघाटन गर्न भोलि ‘प्रचण्ड’ रामेछाप आउँदै ।खैरेनीघाटस्थित सुनकोसी नदीको पुल निर्माण सम्पन्न भएको छ । पुल निर्माण सुरु भएको ११ बर्षपछि रामेछाप–सिन्धुली जोडने पुल निर्माण सम्पन्न भएको हो । करिब नौ करोड लागतमा निर्माण सम्पन्न भएको पुलको उदघाटन आगामी साउन १९ गते नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम रहेको छ ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले उदघाटन गर्ने कार्यक्रम तय भएको बताउनुभएको छ ।केही महिना अघि निर्माण सम्पन्न भएको पुलबाट हाल यातायात सञ्चालन भईरहेको छ । पुल सञ्चालनमा आएपछि रामेछापको खाँडादेवी गाउँपालिका, सुनापती गाउँपालिका र दोरम्बा गाउँपालिकाका बासिन्दालाई राजधानी काठममाण्डौं र सदरमुकाम मन्थली अावत जावत गर्न सहज हुने भएको छ । पुल सञ्चालनमा आएपछि रामेछापवासीमा खुसी छाएको छ ।

प्रतिक्रिया दिनुहोस