रामेछाप जिल्लामा सवारी दुर्घटनाबाट मात्रै २४ जनाकोे मृत्यु र २७ जना गम्भिर ७६ जना सामान्य घाईते

१८ साउन,रामेछाप
पुष्कर खड्का
रामेछाप जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछापका अनुसार आर्थिक बर्ष २०७५/०७६ मा सवारी दुर्घटनाबाट मात्रै रामेछाप जिल्लामा २४ जनाले ज्यान गुमाएका छन । गत वर्ष साउन १ गतेदेखि हालसम्मको अवधिमा जिल्लाका विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा २४ जनाले ज्यान गुमाएका थिए भने २७ जना गम्भिर र ७६ जना सामान्य घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछापका प्रमुख कुशहरी भण्डारीले जानकारी दिनुभएको छ ।विभिन्न समयमा हुने दुर्घटना तथा मृत्युको जिम्मेवार सवारी चालक रहेको भन्दै उहाँले चालकहरुले सचेत भएर नियम अनुसार सवारी चलाउने हो भने दुर्घटनामा कमी आउने बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका अनुसार सबैभन्दा बढि बस, हायस मोटरसाईकल र सुमो दुर्घटनामा परी अधिकांशले ज्यान गुमाएका छन । वर्र्षै्पिच्छे सवारी साधनको संख्या बढ्दै जानु, नियम विपरित सवारी चलाउनु, सडकको अवस्था जीर्ण हुनु तथा अत्यधिक गतिमा सवारी चलाउनु जस्ता कारणले रामेछाप जिल्लामा सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछापका प्रमुख कुशहरी भण्डारीले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस