भारत र वेस्टइण्डिजबीचको पहिलो टी–२0 आज

भारत र वेस्टइण्डिजबीचको पहिलो टी–२० आज हुँदै छ । विश्वकप पछि पहिलो सिरिज खेल्न लागेका भारत र वेस्टइण्डिजबीचको टी २० राति सवा ८ बजेपछि शुरुहुने छ ।

विराट कोहलीको कप्तानीमा रहेको भारतीइ टिममा आज शिखर धवनले पुनरागमन गर्ने भएका छन् । विश्वकपमा घाइतेभएपछि बीचमै प्रतियोगिता छोडेका धवनले यो सिरिजबाट कमब्याक गर्न लागेका हुन् ।

यसैगरी यो सिरिजलाई युवा खेलाडीले आफूलाई सिद्ध गर्ने मौकाको रुपमा पनि लिइएको छ । भारतका मनिष पाण्डे तथा श्रेयस अय्यर पनि भारतीय टिममा रहेका छन् ।

टी–२० मा वेस्टइण्डिज पनि बलियो टिम भएकाले भारतसँगको प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान गरिएको छ । तर आन्द्रे रसेल भने आजको खेलबाट बाहिर भएका छन् । उनी घाइते भएकाले टिममा नपरेको जनाइएको छ ।

भारत र वेस्टइण्डिजबीचको सिरिजमा तीन वटा टी २०, तीन वटा एक दिवसीय र दुई वटा टेस्ट क्रिकेट सामेल छ ।

प्रतिक्रिया दिनुहोस