भाद्र ७ गते प्रदेश न ५ प्रदेश प्रादेसिक क्रिकेट संघको निर्वाचन हुने

क्रिकेट एसोसिएसन अफ नेपाल (CAN) को अधिकान्स जिल्लाहरुको निर्वाचन सम्पन्न भए लगत्तै प्रादेसिक निर्वाचनको तालिका निस्चित गरिएको छ |
आगामी भाद्र ७ गते प्रदेस न ५ प्रदेस प्रादेसिक क्रिकेट संघको निर्वाचन हुनेछ |
प्रदेस न ५ अन्तर्गत नेपाल क्रिकेट संघका बर्दिया, कपिलबस्तु, नवलपरासी, पाल्पा, रुपन्देही, दाङ्ग र बाके गरि कुल ७ संघहरु रहेका छन भने कर्णाली प्रदेसको सुर्खेत पनि प्रदेस न ५ कै प्रादेसिक क्रिकेट संघ मातहत रहनेछ |
हरेक जिल्लाबाट आउने ४/४ प्रतिनिधिहरु सम्मिलित कुल ३२ जना प्रतिनिधि प्रदेस न ५ प्रादेसिक निर्वाचनमा रहनेछन, प्रदेस कमिटी निर्माण सङ्गै दुई जिल्ला बराबर एक अर्थात ८ जिल्लाबाट कुल ४ प्रतिनिधि केन्द्रिय प्रतिनिधिको रुपमा चयन हुनेछन |

प्रतिक्रिया दिनुहोस