रामेछापको भिरपानि वडा कार्यालयमा सिलिन्डर बम विस्फोट

 १८साउन,रामेछाप
पुष्कर खड्का
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं३भीरपानीको वडा कार्यालयमा अाज राति अज्ञात समुहले सिलिन्डर बम विस्फोट गराएको छ । आज बिहान करिब दुई बजेको समयमा सिलिन्टर बम विस्फोट हुँदा कार्यालयमा क्षति पुगेको छ भने कार्यालयभित्र रहेको कागजपत्र जलेर नष्ट भएको छ । भिरपानीका वडा अध्यक्ष पुष्कर कुमार कार्कीकाले बम विस्फोटको कारण कार्यालयमा ठूलो क्षति भएको जानकारी दिनुभएको छ ।कार्कीका अनुसार चार वटा कोठा रहेको कार्यालयको एउटा कोठा पूर्ण रुपमा क्षति भएको छ भने अन्य कोठामा पनि क्षति पुगेको छ । सिलिन्डर बम चार वटा कोठालाई क्षति पुग्ने गरी विस्फोट गराइएको हुनसक्ने भन्दै उहाँले जताततै सिलिन्डर टुक्रा रहेको बताउनुभयो । घटनाको बारेमा अहिले प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले पनि अज्ञात समुहको खोजी कार्य अगाडि बढाइएको बताएको छ । जिल्ला प्राविधिक कार्यालयले करिब आठ बर्ष अघि सभा हल सहित चार कोठे पक्की भवन निर्माण गरेको थियो । सोही भवनमा नै हाल वडा कार्यालय रहेको थियो । थप विवरण अाउन बाकि

प्रतिक्रिया दिनुहोस