प्रधानमन्त्री ज्यु नमस्कार
हजुरको सिंगापुर भ्रमण सुनेर हर्सबिभोर भएको छु र सुभकामनाका दुइचार शब्द पस्कने अनुमती चाहन्छु !
प्रधानमन्त्री ज्यु असारको भेल पहाड्को खेत्मा रोपाँइगर्न जाँदा यँहाका खुटा सबै ढुङ्गाले खाएर खोपिल्टै खोपिल्टा र दागै दाग होलान , हिमाली जिल्लातिर घुम्दा ब्यस्ताले पिँडुलामा झुन्डिएर चुस्ने जुका टिप्न नभ्याएर सरिरको रगत घटेको होला , तराइको त्यत्रो बाढी पहिरो र धानरोप्दा रोप्दा हिलाले खाएर ती खुट्टा औंलानै चुढिने स्थितिमा पुगेका होलान , अनि उध्योग धन्दा निरिक्षण गर्न नेपाल्गन्ज तिर जाँदा घामले पोलेर तपाँइको सरिरै भरी डाबरै डाबर आएर लुतो लागेझै शरीर क्षतबिक्षत भएको होला !!
प्रधानमन्त्री ज्यु , हो वास्तबै अबत श्रावण महिना लागि सक्यो असार्को हिलोबाट ननिस्कदै फेरि अब कँही कोदोबारिमा त कँही धान गोड्न , कतै मकै भाच्न निस्किहाल्न पर्छ तपाँइलाइ यो थकान मेट्न नपाँउदै अर्को थकान्ले च्यापी शरीर अरु गल्न सक्छ , यो देसमा जिउ मालिस गर्न नत तोरि सरसोको तेल पाइन्छ नत आन्तरिक मजबुतिको लागि भिर मौरी कठेउरी र घार मौरी हुँदै जमिन मुनिको भमराको चाकानै !
प्रधानमन्त्री ज्यु असारको ब्यस्तता सहन नसकी यो देसका तपाँइका मातहत्का अति मेहनती लगन्सिल रास्ट्रसेवक देसका ठुला सहरका सपिङ कम्प्लेक्स बाट कुदि हाम्फालेर आत्महत्या गर्न थालेको सुन्न थालेको छु बडो दुख लागेको छ त्यस्ता होनाहार रास्ट्रसेवक जो देसका बैंक हरुमा नआँटेर स्विस बैंक सम्मै यो देसको बैंक एकाउन्ट फैलाउन सफल छन , बिस्वमा ठुल्ठुला किर्ती राख्न ल्याइएका बायुसेवाको सेवामा तल्लिन छन यस्ता उदाहरण त कतिछन कती !!
प्रधानमन्त्री ज्यु यी सबै खाले आरोह अबरोह चिर्न , मिल्ने भए तपाँइको जीवन त २५ बर्से बनाउन पर्ने थियो , तब मात्र माथी उल्लेखित सबैको हित हुनेथियो ! तर अफसोच तपाँइलाइ बुढ्यौलिले छोयो क्यारे त्यसैलेत न सरसोको तेल, नत तोरिकोनै नत कठेउरिको महले निको हुन्छ नर घारमौरिको महलेनै , तपाँइले झट्टै निको हुन पर्दछ प्रधानमन्त्री ज्यु झट्टै ,एक्दम फलदायक बनाउनै पर्दछ यो यात्रा !
प्रधानमन्त्री ज्यु सहकर्मी पनि इमाराती सहराआँ आराम गर्नु भएको अबत हप्तौं हुन लाग्यो पक्कै पनि उहाँले तात्कालिन १२ दिल्लि सम्झौता भन्दा कम सुन्दर प्लान नरचेको हुन पर्दछ यस्तो बिकास प्रेमी हुनुहुन्छ तपाँइको मित्र जस्ले रातकै २० लाख खर्च गरि गरि प्लान गरि रहनुभएको छ >> तपाँइको मिसन पूरा गर्न !
त्यो अद्ययन गरि निस्कर्समा पुग्नकै लागिपनी तपाइको सरिरमा डबल स्फुर्ती चाहिन्छ ! त्यो स्फुर्ती केवल सिंगापुर, थाइलेन्ड तिरको तारे होटेल र तिन्का खान्पिन , ओलिभ ओएल्ले गरिने मसाज अनि स्विमिङ पुल्बाट मात्र संभावना रहन्छ ।
अन्त्यमा प्रधानमन्त्री ज्यु ,
यो देसमा कार्यरत नीति , नियम र कार्यक्रम्का तपाँइका सारथि एक्से एक हुनुहुन्छ जस्ले गर्दा तपाँइलाइ त्यँहा रहँदा पनि आफू , पियसो , वा सोकिय सचिब्का फोन्मा बारम्बार कल आउन सक्छ ती सबैलाइ एक हप्ताको लागि नेपाल्मै छोडेर जान हुन अनुरोध गर्दछु , त्यतिज्लेमा यो देसलाइ हजुर्का मातहत्मा कामगर्ने आदरणीय हरुले लगभग्लगभग सिंगापुर झै दुनियाको आँखालाग्ने देस एकै हप्तामा बनाउन अहोरात्र खट्टुनै हुनेछ बिस्वास छ मलाई !!
शुभयात्रा प्रधानमन्त्री ज्यु !
धन्यबाद
खतिवडा योगेन्द्र
तेरथुम
अरब्को खाडिबाड थोरै समय निकालेर यँहाको आरामको लागि तयभएको यात्राको सफल्ताको कामना गर्दै पुर्ण स्वस्थ हृस्ट्पुस्ट भएर फर्किएको सुन्न पाँउ हस्त नमस्ते !!