लिखु तामाकोसी गाउँपालिका सदस्यहरुद्धारा आर्थिक रकम हिनामिना गरेको भन्दै गाउँपालिका अध्यक्ष माथि गम्भिर ध्यानाकर्षण

१७ साउन,रामेछाप
पुष्कर खड्का
रामेछापको लिखु तामाकोसी गाउँपालिकाका कार्यपालिका सदस्यहरुले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेका थिय।गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्काले ब्यापक आर्थिक रकम हिनामिना गरेको बताएका हुन् ।उज्यालो लिखु अभियान अन्तर्गत विद्युतिकरणको क्रममा धेरै अनियमितता गरेको भन्दै त्यसको अनुगमन गर्नु पर्छ भन्दा कार्यसमिति बैठकमा विहिबार कुर्सी उचालिहान्न लाई अाक्रोस भएको उपाध्यक्ष दिपशिखा दाहालले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।वडा नं१ दुरागाउँलाई विद्युतिकरण गर्न ३ करोड विनियोजन गरेकोमा अपुग भएको भन्दै विभिन्न शिर्षकबाट रकमा विनियोजन गरेर ५ करोडमा बत्ति बालेको थियो ।विहिबार कार्यसमितिको बैठकमा दुरागाउँमा विद्युतिकरण गर्दा तिर्नु पर्ने बाँकी ६ करोड ९५ लाख रकम थप विनियोजन गर्नु पर्ने कुरा उठे पछि वडा नं ७ तिल्पुङका वडाअध्यक्ष सुवास बोहोराले सत्यतथ्य खर्च के कति हो अनुगमण गर्नु पर्छ भनेपछि विवाद भएको उनीहरुले बताएका छन् ।बैठकमा प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र राईले अनुगमण नगरी जथाभावी रकम विनियोजन गर्न नमिल्ने भने पछि प्रमुख प्रशासकिय अधिकृत राई र वडा नं ७ का वडा अध्यक्ष सुवास बोहोरालाई कुर्सी समेत प्रहार गरेको उपाध्यक्ष दिपशिखा दाहालको भनाई रहेको छ ।

गाउँपालिका उपाध्यक्ष दिपशिखा दाहाल लगाएत अन्य ६ जना वडाध्यक्षहरुले रामेछापको सदरमुकाम मन्थलीमा शुक्रबार पत्रकार सम्मेलन गरी गाउँपालिका अध्यक्ष खड्काले ब्यापक आर्थिकरकम हिनामिना गरेको बताएका हुन् । भन्दै साउन १६ गते विहिबार गाउँपालिकको कार्यालय धोवी बजारमा भएको घट्ना सम्वन्धि जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।गाउँ कार्यपालिका वैठक चलिरहेको बेला प्रस्तावमाथी दफावार छलफल हुने क्रममा आफ्नो प्रस्ताव स्विकार नगरेको भन्दै अध्यक्ष गोविन्द वहादुर खड्काले लिखु तामाकोशी गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष सुवास बोहोरा माथी कुर्सी उचाली अमर्यादित व्यवहार गरेको भन्दै कार्यपालिकाका सदस्यहरुले घटनाको घोर निन्दा गरेका छन् । पत्रकार सम्मेलनमा लिखु तामाकोशी गाउँपालिका उपाध्यक्ष दिपशिखा दाहालसहित गाउँ कार्यपलिकाका १२ जना सदस्यहरु सहभागी भएका थिए ।सहन पनि सिमा हुन्छ अब त अति भयो” भन्दै आफुहरु मन्थलीमा आई पत्रकार सम्मेलन गर्न बाध्य भएको उपाध्यक्ष दाहालको गुनासो छ । विकास निर्माणका कार्यहरुमा आफुहरुलाई थाहा नदिई गाउँपालिका अध्यक्षले एकलौटीरुपमा काम गरेको र आर्थिक अनियमितताको आशंका रहेको वडा अध्यक्ष हरुले बताएका छन् । “आफुखुसी उपभोक्ता समिति निर्माण गर्ने र अनुगमन गरौ भन्दा पनि अध्यक्षले गरेको काममा अनुगमन गर्ने तिमिहरु को हौ ? ” भन्दै आफुहरुलाई थर्काउने गरेको वडा नं २ का वडा अध्यक्ष पदमबहादुर तामाङले गुनासो गरेका छन ।पत्रकार सम्मेलनमा वडा नं १ का वडा अध्यक्ष निङ्मर तामाङ, वडा नं २ का वडा अध्यक्ष पदमबहादर तामाङ,वडा नं ४ का वडा अध्यक्ष लिला बहादुर बस्नेत, वडा नं ५ का वडा अध्यक्ष सोमबहादुर तामाङ,वडा नं ६ का वडा अध्यक्ष शिव प्रसाद न्यौपाने र वडा नं ७ का वडा अध्यक्ष सुवास बोहोराले गाउँपालिका अध्यक्ष गोविन्द खड्काले तानाशाही प्रवृतिको ब्यवहार गर्ने गरेको गुनासो गरेका छन्।

यस्तै कार्यपालिका सदस्यहरु बुद्धिबहादुर वि.क.-सुशिला थापा र रजिना बुढाथोकीले पनि आफुहरु अन्यायमा परेको बताएका छन् ।यता प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र राईले शुक्रबारनै जिउ ज्यानको सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा निवेदन दर्ता गराएका छन भने सुरक्षाको ग्यारेन्टी नभए सम्म गाउँपालिका नजाने बताएका छन् ।त्यस्तै गाउँकार्यपालिका सदस्यहरुले पनि पत्रकार सम्मेलनमा आँफुहरु असुरक्षित रहेको समेत गुनासो गरेका थिए।

प्रतिक्रिया दिनुहोस