प्रहरीद्वारा भारी मात्रामा मदिरा नष्ट

घोराही, १७ साउन । दाङ प्रहरीले शुक्रबार भारी मात्रामा मदिरा नियन्त्रण गरेर नष्ट गरेको जनाएको छ । घोराहीका विभिन्न बस्तीबाट मदिरा नियन्त्रण लिएर नष्ट गरेको जनाएको हो ।

शान्तिसुरक्षा र हरितालिका तिजलगायतका पर्बलाई ध्यानमा राख्दै प्रहरीले मदिरा नष्टको अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । वडा प्रहरी कार्यालय घोराहीको सक्रियतमा मदिरा नष्ट गरिएको हो ।

प्रहरीले घोराही १३, १४ र १८ का विभिन्न बस्तीबाट मदिराजन्य पदार्थ तीन हजार तीन सय लिटर र तयार गरिएको मदिरा दुई सय ३० लिटर नष्ट गरिएको हो । नियन्त्रणमा लिएको मदिरा घोराही १७ कटुवाखोलामा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

खुला रुपमा बिक्री हुदै आएको मदिराका कारण समाजमा बिकृतीजन्य कार्य बढी भएको भन्दै वडा प्रहरी कार्यालयले सक्रियता बढाएको हो । आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस