१७ साउन,रामेछाप
पुष्कर खड्का
रामेछाप जिल्ला प्रशासन कार्यलय रामेछापका अनुसार आर्थिक बर्ष २०७५/०७६ मा ११ हजार ४ सय ९५ जनाले नेपाली नागरिकता बनाएका छन् । जसमा वंशजको आधारमा नयाँ नागरीकता लिनेको संख्याको ७ हजार ९ सय ६५ , प्रतिलिपि नागरीकता लिनेको संख्या ३५ सय २४ , वैवाहिक अंगिकृत नागरीकता लिनेको संख्या ६ गरी जम्मा ११ हजार ४ सय ९५ जनाले नेपाली नागरिकता बनाएको जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी राम प्रसाद भट्टराईले जानकारी दिनुभएको छ । यस्तै जिल्ला प्रशासन कार्यालयले गतआर्थिक वर्ष २०७५/०७६ मा दुई हजार ६ सय ६ वटा साधारण राहदानी र ३ हजार २२ वटा द्रुत राहदानी सिफारिस गरेको छ । गत वर्ष राहदानी बनाउनेको संख्या ७ हजार ९ सय १४ रहेको जिल्ला प्रशासन कार्यलय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो।