रामेछाप जिल्ला ट्राफिक प्रहरी कार्यलयबाट सवारी साधन कारबाहिबाट१ वर्षमा ७९ लाख ३६ हजार राजस्व संकलन

 १७साउन,रामेछाप
पुष्कर खड्का
रामेछाप जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछाप मन्थलीले गत वर्ष साउन १ गते देखि हालसम्म १ वर्षको अवधिमा ७९ लाख ३६ हजार राजश्व संकलन गरेको छ । रामेछाप सदरमुकाम मन्थली हुँदै चल्ने विभिन्न सवारी साधनहरुबाट एतिको रकम संकलन गर्न सफल भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछापका प्रमुख कुशहरी भण्डारीले जानकारी दिनुभएको छ । एक वर्षकोे अवधिमा रामेछाप ट्राफिक प्रहरीले साना तथा ठुला सवारीलाई कार्वाही गरेर सो राजश्व संकलन गरेको हो । सवारी नियम बिपरित सवारी चलाउने चालकहरुलाई कार्वाही गरेर सो राजश्व संकलन भएको भण्डारीले जानकारी दिनुभएको छ । पछिल्लो समय रामेछाप ट्राफिक प्रहरीले जिल्लाका विभिन्न ठाउँमा नियम बिपरित सवारी चलाउने चालक माथि कडा निगरानी बढाएको ट्राफिक प्रहरी कार्यलय रामेछापका प्रमुख कुशहरी भण्डारीले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस