छाेराकाे ज्यान बचाइदिन बुवाअामाले गरे आग्रह

कमल पोख्रेल ,  दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ भोजपुर निवासी मेघ बहादुर वली र अञ्जु वलीले आफ्नो छोराको जीवन बचाईदिन अपिल गरेका छन । छोरा विपिन वलीलाई कलिलो उमेरमा क्यान्सर भएपछि उपचारको लागि आर्थिक सहयोगको लागि आग्रह गरेका हुन ।
आफूसँग भएको पैसा र ऋण काढेर हालसम्म उपचार भएपनि थप रुपैयाँ नभएपछि उनको उपचारमा समस्या भएको छ ।

घर र आफन्तको सहयोगमा हालसम्म उपचार गराउँदा भएको पैसा जति सकिएपछि उपचार गराउन समस्या भएको बुवा मेघ बहादुर वलीले बताएका छन । सबैबाट आर्थिक सहयोग पाएपछि कलिलो उमेरको छोरालाई बचाउन सकिने उनले बताए । सहयोग गर्न ईच्छुक ब्यक्तिले मोवाईल नम्बर ९८२२९९६२०४ मा सम्पर्क गर्न अनुरोधसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस