परिचयात्मक तथा चिया पान कार्यक्रम पर्सेनिमा सम्पन्

शिशिर खनाल, दाङ
सवारी दुर्घटना न्युनिकरण र सडक सुरक्षालाई ध्यानमा राख्दै तुलसिपुर उपमाहानगरपालिका वडा नं ७ प्रर्सेनिमा प्रहरी पोष्ट स्थापना गरीएको ३ दिन पछि स्थानिय वासि , टोलविकास संस्था ,सहकारी संस्थाका प्रतिनिधि , राजनितिकदलका प्रतिनिधि ,व्यवसाहि र पत्रकार बिच परिचयात्मक कार्यक्र्रम भएको छ । कार्यक्रका सहभागी ले अपराधिक गतिविधि र सवारी दुर्घटना कम गर्नको लागि प्रहरी पोष्ट स्थापना भएकोमा स्थानियसमेत खुसि भएको जानकारी दिएका थिए । पर्सेनिमा अस्थायी प्रहरी पोष्टको स्थापना हुदा विभिन्न क्रियाकलापहरुको नियन्त्रण हुने स्थानियहरुको अपेक्षा रहेको छ । उक्त अवसरमा पर्सेनिहुदै अन्यत्र जाने गाडिलाई निश्चित स्थानमा रोक्नर र निश्चित स्थानबाट यात्रुलाई चडाउन र झडन सुझाप दिने र १ वटा गडी पटक पटक फेलापरेमा जरीवान समेत गर्न प्रहरीलाई सरकार वालाहरुले शुझाव दिनु भएको थियो र यहाँ नजिकै विद्यालय भएकोले विद्यालय जानेबालबालिका वहरदोहर गर्ने भएकोले तत्काल कालाखोला र पर्सेनिमा गरी ३ स्थानमा जेबा्र क्रसिङको पनि व्यवस्थागर्नु प्रनेमा वोड दिएकाथिए । प्रर्सेनि वजारलाई व्यवस्थित गर्नको लागि स्थानिएले वजार वेल्कामा कति वजेसम्मा सञ्चालन गर्ने भन्ने विषयमा पनि छलफल गर्नु पर्ने कुरा राख्यका थिए र अस्थायि प्रहरी पोष्ट पर्सेनिमा अहिले साधनको अभाव रहेको छ यसको समाधान गर्नको लागि हामि सवै एकजुट भएर डेलिकेसन जानु पैछकि जि.प्र.का जानु प्रछकि काहाँ जानु प्रदछ हामि तयार छौ जस्ता कुरामा राजनितिक दलहरुले जोडदिएका थिए । अस्थायि प्रहरी पोष्ट पर्सेनिका प्रमुख वालराम नेपालीले पहिले केकसता घटना भए अव हामि आई सकेका छैँ । हजुरहरुको शान्ती सुरक्षको लागि केहि समस्या परेमा हामिलाई जानकारी दिनु र हामिले गल्तिअनुसारको कावाहि र सजार दिन्छैँ भनेर भन्नु भएको थियो । उक्त अवसरमा जेष्ट नागरी तुलसिपुरका उपाध्यक्ष माहान प्रसाद भुसाल , मा.वि कालाखोला का प्रधानाध्यापक राजिव ओझा ,पर्सेनि हुलाक कार्यलयका प्रमुख जगत थापा,राष्ट्रिय जनर्मोचाका श्यामलाल पोख्ररेल,नेकपा तुलसिपुर उपमाहानगर पालिका वडा नं ७ का अध्यक्ष प्रेम खनाल, नेपाली काग्रेस का जिल्ला सदस्य जोगेन्द« विश्वर्कमा लगाएतकाले आआफ्नो भनाई राख्नु भएको थियो । तुलसिपुर उपमाहानगर पालिका वडा नं ७ का कार्यबहाक वडा अध्यक्ष राम वहादुर जि.सि को अध्यक्षतामा भएको कार्यक्रमको सहजिकर स्थानिय शालिकराम गैतमले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस