रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका-१० सालझण्डीस्थित अर्घाखाँची साज महल होटल एण्ड लजबाट भालुको छाला एक थान, पित्त दुई थान र दाँत दुई थानसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कपिलवस्तु बाणगंगा नगरपालिका-२ बस्ने ४६ वर्षीय खुमानन्द घिमिरे, पाल्पा रैनादेवी गाउँपालिका–७ बस्ने ४३ वर्षीय धनबिर विक र पाल्पा तिनाऊँ गाउँपालिका-१ बस्ने ४३ वर्षीय लालबहादुर सारु रहेका छन् ।
५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उक्त होटलको कोठा खानतलासी गर्ने क्रममा उनीहरुलाई उक्त छालासहित फेला पारी पक्राउ गरेको हो ।