मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा २जनाको मृत्यु

१७साउन,रामेछाप
पुष्कर खड्का
काठमाडौं । काठमाडौंको बालाजुमा शुक्रबार बिहान मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु भएको छ।महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी बालनरसिंह राणाका अनुसार बिहान९:५० बजे काठमाडौँ महानगरपालिका-१६, बालाजु चोकस्थित मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र प्रवेश गरी सफा गर्ने क्रममा सप्तरी कनकपट्टीका सुरेस साह र शिवकान्त साहको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजु जनाएको छ।
उनीहरु सहोदर दाजुभाइ हुन्।
शुक्रबार बिहानै मेलम्चीको पाइप सफा गर्न सडकमा रहेको म्यानहोलबाट छिरेका उनीहरू त्यहीँ अड्किएका थिए। लामो समयसम्म बाहिर ननिस्किएपछि प्रहरीले डोजर लगाएर खनेर दुवैलाइ निकालेको थियो।डीएसपी राणाका अनुसार अर्धचेत अवस्थामा बाहिर निकालिएका दुवैलाइ तत्काल शिक्षण अस्पताल लगिएको थियो। तर अस्पतालले दुवैलाइ मृत घोषणा गरेको उनले बताएका छन।
अहिले उनीहरूको दुबै जनाको शव शिक्षण अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस