ब्लड क्यान्सर पीडित सहयाेगाअर्थ चटपटे ब्यापार

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ मलवार निवासी बिपिन ओलीको रक्त क्यान्सरको सहयोगकालागि तुलसीपुरमा चटपटे ब्यापार गरिएको छ ।

२० बर्षीय ओलीको यही बैशाखदेखि रक्त क्यान्सर भएको थियो । उनको अहिले भक्तपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।

आर्थिक अबस्था कम्जोर भएका कारण उपचारमा सहयोग पु-याउन तुलसीपुरका बिभिन्न क्रियाशिल संस्थाहरुको पहलमा चटपटे ब्यापार गरिएको हो ।दाङ फिमेना गु्रप, राईटपाथ कन्सेलटेन्सी, दारी ग्याङ, द सल्यास ब्यान्ड बिहीबार चटपटे बेचेका हुन् ।

आज करिब ४३ हजार एकसय ५७ रुपैँया आर्थिक सहयोग भएको राईट पाथका मेघराज ओलीले जानकारी दिए । उपचारका क्रममा ओलीको लाखौ रुपैँया खर्च भएको छ ।

संकलन भएको उक्त रकम बैंक मार्फत पीडित ओलीको खातामा पठाईने भएको छ ।

प्रतिक्रिया दिनुहोस