रामेछापको २ गाँउपालिकामा शैक्षिक सुधारक कार्यक्रम संनचालन

१६ साउन,रामेछाप
पुष्कर खड्का
रामेछापको उमाकुण्ड गाँउपालिकाको वडा नं २ बाम्तिभण्डारमा शैक्षिक सुधारक कार्यक्रम भएको छ । त्याँहाको वडा कार्यलय तथा सम्बन्धीत निकायको समन्यमा -FRADS) Nepal Friends for Rural Area Development Services ले शिक्षा क्षेत्रको विकासका लागि भुमिका खेलेको हो ।
कार्यक्रम अन्र्तगत तत्कालको लागि रामेछाप जिल्लाका दुई गाँउपालिकामा रहेका शैक्षिक संस्थाहरुलाई तालिम तथा शैक्षिक सामाग्री हस्तान्तरण गरि रहेको संस्थाका निर्देशक अभिषेक थापाले जानकारी दिए । उनका अनुसार रामेछापको उमाकुण्ड गाँउपालिकको वडा नं एकको बाल ज्योति आधारभुत विद्यालय पत्कारी, वडा नं दुईको जनकल्याण आधारभुत विद्यालय दोखरपा, श्री कालिका मा.वि प्रिती र गोकुल गाँगा गाँउपालिकाको श्री सेती देवी मा.वि चुचुरे, जलकाली आधार भुत विद्यालय ठोसे, शिव आधार भुत विद्यालय शिवलाय बजारका विद्यालका शिक्षक ,शिक्षीकाहरुलाई तालिम, परार्मस, शैक्षिक सामाग्री, उपलब्ध गरि रहेको थापाले जानकारी दिएका छन् । संस्थाले १० दिने तालिम दिएको थियो । आज सम्पन्न तालिमको उमाकुण्डा गाँउपालिका न्यायिक समिति सदस्य तथा उमाकुण्ड गाउपालिका वडा नं २ का वडा सदस्य टेक बहादुर बराईराइलीको प्रमख अतिथ्यतामा तालिममा सहभागिहरुलाई प्रमाण पत्र तथा शैक्षिक समाग्री हस्तान्तरण गरिएको छ । FRADS) ले भुकम्पबाट क्षेति ग्रस्ता भएका १० वटा विद्यालय भवन निर्माण गरको पनि उनले बताए । गुणस्तर शिक्षा आजको आवश्यकतालाई जोड दिएको संस्थाले हाल दुई वर्ष उमेरका २८ जना बालबालिकालाई मनटेश्वरी शिक्षा दिई रहेको उनले बताएका छन् । शिक्षा सुधारको लागि १३ वर्षदेखी निरन्तर काम गर्दै आएको संस्थाले पछिल्लो समय शिक्षक, अभिभावक, विद्यालय ब्यवास्थापक समिति, बालबालिकालाई तालिमदी शिक्षालाई गुणस्तरमा पु¥याउन सहयोग गरको बताएका छन् । उनले विद्यालय क्षेत्रमा काम गर्ने अन्य संस्थाहरुलाई समन्वयकारी भुमिका पनि खेलेको उनले बताए ।
Childaid Network Foundation (Germany) जमर्नीको आर्थिक सहयोगमा रामेछापका दुई गाँउपालिकाका ५० वटा विद्यालयलाई शैक्षिक सामाग्री,छात्रवृत्ति उपलब्ध गर्दै आएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस