बेलायत एनआरएनएको सवैभन्दा बढी सदस्य भएको मुलुकमा दर्ज

काठमाडौँ ।  गैर आवासिय नेपाली संघ (एनआरएनए) बेलायत एनआरएनएको सवैभन्दा बढी सदस्य भएको मुलुकमा दर्ज भएको छ ।

एनआरएनए बेलायतले १३ हजार ८ सय ९० पंजीकृत सदस्य बनाएर आफूलाई विश्वको सबैभन्दा बढी पंजीकृत सदस्य भएको एनसीसी बन्न सफल भएको हो ।

एनआरएनएलाई जनस्तरमा पुर्याउने अभियान अन्तर्गत बेलायतको ४ राज्यमा एकसाथ गरिने निर्वाचन समेतलाई ध्यानमा राखी सदस्यता बनाउने अभियान थालिएको थियो । सो अभियानबाट एनआरएनए युकेलाई ठुलो सफलता मिलेको हो ।

हाल एनआरएनए अस्ट्रेलियाको ११ हजार ६ सय १७ पंजीकृत सदस्य रहेका छन भने अमेरिकाको ९२१८ सदस्य रहेका छन । दुवै देशलाई उछिन्दै गैर आबासिय नेपाली संघ बेलायत पहिलो भएको हो ।

प्रतिक्रिया दिनुहोस