लिखु तामाकोसी गाउँपालिका अध्यक्षले अधिकृत र वडा अध्यक्ष माथि कुर्सीउचालि हातपात गर्ने प्रयास

१६ साउन,रामेछाप
पुष्कर खड्का
रामेछाप लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्काले अघिकृत भुपेन्द्र राईलाई र वडा नं ७ का वडा अध्यक्ष सुबास बोहरा माथि कुर्सी उचालेर हात पात गर्ने प्रयास गरेको थियो ।लिखु तामाकोशी गाउपालिकामा गाउँ कार्यपालिकाको बैठक बासिरहेको समयमा पालिका अध्यक्ष ले प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र राईलाई र वडा अध्यक्ष सुबास बोहरालाइ हातपातको प्रयास गरेका छ्न । नया बजेट सम्बन्धि छलफल गरेर मात्रै लिखुतामाकोसि गाउपालिकामा बिधुतिकरणको अनुगमन गर्ने बिषयमा दुरागाउको बिधुतिकरणको कामको अनुगमन गरेर मात्र रकम भुक्तानी हुनु पर्ने प्रस्ताब वडा अध्यक्ष सुबास बोहराले राखेका कारण उहाँ माथी आक्रमण प्रयास भएको हो अध्यक्ष गोबिन्द बहादुर खड्का आक्रोशमा आइ बैठकमै कुर्सी उचाली प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र राई लाईर र लिखु तामाकोशी गाउपालिका वडा नं ७ तिल्पुङका वडा अध्यक्ष सुबास बोहरामाथी कुर्सी उचाली आक्रमण गर्ने प्रयास गाउँ पालिका अध्यक्ष गोविन्द बाहादुर खड्काले गरेका थिय।

प्रतिक्रिया दिनुहोस