१६साउन,रामेछाप
पुष्कर खड्का
लिखु तामाकोशी गाउँपालिका वडा नं ७ तिल्पुङको वडा कार्यलयले आयोजना गरेको नया ट्र्याक डोजर लगाएर खनिएको सडकको छेउ छेउमा डाले घाँस रोप्ने कार्यक्रम रहेको थियोे ।डाले घाँस कार्यक्रमको उदघाटन लिखु तामाकोसी गाउँपालिकाका उपाध्यक्ष दिपशिखा दाहालले गर्नु भएको थियो । लिखु तामाकोसी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष शिव न्यौपाने तेसैगरि वडाका महिला सदस्य सुसिला थापा,र वडा नं ७ को वडा सदस्य रजिना बुढाथोकि,त्यसैगरि वडा नं१को वडा सदस्य अनिता कार्कि र स्थानिय समाजसेवि सहितको टोली डाले घास रोप्ने कार्यक्रममा सहभागी भएका थिय।वडा कार्यालयले घाँस लगाउने काम गरेता पनि त्यसको सम्रक्षण गर्ने र कसरी उपयोग गर्ने काम जग्गा धनिलाइ दिने कार्यक्रम रहेको छ । वडा अध्यक्षले आगामी बर्ष ०७६/०७७ सबै सडकको छेउ छेउमा विभिन्न जातका डाले घाँसको योजना ल्याउने लिखु तामाकोसी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष सुबास बोहराले बताउनु भयो ।