भोजपुरमा टावर तोडफोड साथै आगजनी

भोजपुर  १६ साउन

भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको एन्सेल(Ncell) को टावरमा गए राती आगजनी भएको छ! गाउँपालीकाको वडा नम्बर १ ओख्रेको डाडाखर्कमा रहेको टावरमा आगजनी साथै तोडफोड समेत भएको छ! टावर तोडफोड भएको सुचना पाए पछि प्रहरी घटनास्थल तर्फ लागेको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ! स्थानियका अनुसार टावरम रहेका ५ ओटा सोलारको प्यानल तोडफोडका साथै एक थान इन्जिन समेत जलाएको बताइएको छ! थप घटनाको प्रवृत्ति बुझ्न प्रहरी घटनास्थल तर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी ले जानकारी दिए!टावरमा तोडफोड र आगजनी भएको स्थानीयले बिहान नौ(९) बजे थाहा पाएका थिए!

प्रतिक्रिया दिनुहोस