उत्कृष्ट ५ कृषिकलाई सम्मान गर्दै तुल्सिपुरउपमहानगरपालीका

दाङ   तुलसिपुर उपमहानगरपालिकाको कृषि शाखाले ५ जना कृषकलाई आज पुरष्कृत गर्ने भएको छ । गएको आर्थिक वर्ष ०७५/७६ को वार्षिक कार्यक्रम अनुसार मेयर उत्कृष्ट कृषक पुरस्कारको लागि ५ जनालाई छनोट गरेको कृषि अधिकृत दिपक बुढाथोकिले जानकारी दिएका छन ।

मेयर उत्कृष्ट कृषक पुरस्कार छनोटमा तुलसीपुर उपमहानगरपालिका ७ का ब्यवसायिक च्याउ खेती गर्ने भदे पुन, १३ बाट व्यवसायीक तरकारी खेतीगर्ने नवराज रावत , वडा नम्बर ४ का ब्यवसायिक तरकारी खेती गर्ने दोलक बहादुर खत्री , वडा नम्बर ७ का बेसार व्यवसाय गर्ने जगदिश भण्डारी र वडा नम्बर २ का तरकारी व्यवसाय गर्ने सुरज चौधरी रहेका छन ।

उपमहानरको सभाहलमा आज दिउसो १२ बजे कार्यक्रमको आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस