रामेछाप जिल्लामा पनि गरीब घर पहिचान गरिँदै कति होलान् रामेछापमा गरिब घर

१६साउन,रामेछाप
पुष्कर खड्का
सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने लक्ष्य लिएसँगै विभिन्न १२ जिल्लामा गरीब घरपरिवार पहिचान गर्ने भएको छ । सरकारले रामेछाप जिल्ला सहित १२ जिल्लामा गरीब घरपरिवार पहिचान गर्ने कार्यक्रम अगाडि बढाउने भएको हो । सम्बन्धित क्षेत्रका स्थानीय तहसमेतको सहभागितामा यही साउन १७ गतेदेखि सर्भेक्षण शुरु गर्न लागिएको हो । करीब चार महीनाको समय अवधिमा सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त कार्यक्रममा गरीब समुदायको पहिचान गरिने भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले बताएको छ ।विगतमा २६ जिल्लामा गरीब पहिचान गरिएकामा केही जिल्लामा त्रुटि भएका कारण परिचयपत्र वितरणमा समस्या भएको अनुुभवलाई दृष्टिगत गरी चालू आर्थिक वर्षमा यस्ता किसिमका त्रुटि नदोहोरिने गरी कार्यविधि बनाइएको छ । सर्भेक्षण गर्न लागिएका जिल्लामा ताप्लेजङु, धनकुटा, महोत्तरी, रसुवा, काभ्रेपलाञ्चोक, स्याङ्जा, लमजुङ, म्याग्दी, बाँके, दैलेख, डडेल्धुरा र दार्चुला छन् । विगतमा सर्भेक्षण गरिएका जिल्लामा खोटाङ, भोजपुर, सिराहा, रौतहट, रामेछाप, सिन्धुली, गोरखा, तनहुँ, बागलुङ, रुकुमपूर्व, रोल्पा, प्यूठान, अर्घाखाँची, कपिलवस्तु, बर्दिया, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, जाजरकोट, रुकुमपश्चिम, बाजुरा, बझाङ, अछाम र कैलाली छन् ।मन्त्रालयका अनुसार विगतमा गरिएका २६ जिल्लामा १२ लाख २४ हजार ४१७ घरपरिवारबारे अनुसन्धान गर्दा सर्भेक्षणले तीन लाख ९१ हजार ८३१ घरपरिवारलाई गरीबका रुपमा पहिचान गरेको थियो । सर्भेक्षणअनुसार अति गरीब एक लाख ८८ हजार २३२, मध्यम गरीबमा एक लाख १९ हजार ७५४ र सामान्य गरीबमा ८३ हजार ८४५ जना पाइएका छन् ।आठ लाख ३२ हजार ५८६ गैर गरीब पाइएका छन् । सर्भेक्षण गर्न लागिएका ती १२ जिल्लाका स्थानीय तहका विभिन्न नगरपालिका तथा गाउँपािलकाको संख््या ९२२ छन् । पाँच सय ६८ गणक र ११४ सुपरीवेक्षक खटिएका छन् । गणनाका लागि अत्याधुनिक विधि अपनाएर ट्याबलेटमा राखिएका आवश्यक प्रश्न सोधिने त्यसको उत्तर आएपछि केन्द्रमा सूचना पठाउने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस