दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नं २ बाबरेमा पुरुषको मृतक अबस्थामा फेला

१६ साउन,रामेछाप
पुष्कर खड्का
दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं. २ बाबरे स्थित प्रिति बजारमा एक पुरुष मृत फेला परेका छन । मङ्गलबार बिहान घरबाट गोरु बेच्न हिडेका कालिञ्चोक गाउँपालिका वडा न–३ लामिडाँडाका ५५ वर्षिय जङ्ग बहादुर बुढाथोकी बुधबार मृत अबस्थामा फेला परेका हुन । बुढाथोकी बाबरेकै स्थानिय अमृत बहादुर खत्रिको घर छेउमा मृत अबस्थामा फेला परेका हुन, उनको आँखा माथि र खुट्टाको गोली गाठोमा चोट देखिएकोले उनको हत्या वा लडेर मृत्यू भएको सम्बन्धमा अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय सिंगटीका इञ्चार्ज एंव प्रहरी निरिक्षक सुनजित तमाङले जानकारी दिनु भयो । बुढाथोकी गोरु किनबेचको काम गर्दै आएका थिए ।उनिसंगै गोरु बेच्न हिडेका स्थानिय अमृत बहादुर वि.कलाई सिंगटी प्रहरीले आज बिहान ५ः३० बजेको समयमा कालिञ्चोक गाउँपालिका वडा नं.७ सेउली बजारबाट नियन्त्रणमा लिएको छ । मृतक बुढाथोकीको सब अहिले पोष्टमार्टमको लागी चरिकोट ल्याउन लागेको प्रहरी निरिक्षक तमाङले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस