पुष्कर खड्का ,रामेछाप
रामेछाप साँघुटामा गत साउन ९ गते सोेमबार विद्युत सर्टभैइ लागेको आगोले साँघुटार–घोराखोरी सडक निर्माणको काम गरि रहेको कान्छाराम कन्ट्रक्स्न प्रा.लिमा एक करोड बराबरको क्षेति भएको छ । आगोलागिबाट कन्ट्रक्स्नको निर्माण सामाग्री सहित कामदार बस्ने क्याममा क्षेति पुगेको कन्टक्सनका लेखापाल राजन सुबेदीले जानकारी दिए ।उनका अनुसार डिजेल, पेट्रोल, मोविल, सात हजार लिटर, दुई सय बोरा सिमेन्ट, आर्थिक कारोबारका महत्वपुर्ण कागजपत्र,ल्यापटप लगाएत सडकको डिजाईन जलेर नष्ट भएको हो । डिजाइन जलेकोले काम रोकिएको छ । २०७४ साल माघदेखि सडक निर्माण सुरु गरेको कन्ट्रक्स्नले आउदो २०७७ सालमा निर्माण सम्पन्न गर्ने गरि १८ किलो मिटर साँघुटार – घोराखोरी सडक निर्माण थालेको थियो । तर आगो लागिका कारण तोकिएको समयमा काम सम्पन्न गाह्रो भएको उनले बताए । त्यस्तै आग्लागीबाट विद्यालय सहति ओखलढुङको चम्पादेवी गाँउपाललिकाको भवन निर्माण गरिरहेको मारुसि सिटाका कन्ट्रक्सनको ६० लाख बराबरको क्षेति भएको कन्ट्रक्स्नका लेखापाल रामेशर दाहालले जानकारी दिए । उनका अनुसार भवन निर्माणका लागि प्रयोग हुने समाग्री, पुर्ण रुपमा जलेको छ । लेखापाल दाहालले दिएको जानकारी अनुसार कन्ट्रक्स्को स्टोर नै पुर्ण रुपमा जलेर नष्ट्र भएको छ थियोे ।