गाँजा ओसारपसारमा संलग्न२ युवक पक्राउ

पुष्कर खड्का ,रामेछाप
प्रतिबन्धित लागूऔषध गाँजासहित दुई युवक प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको गोडैता नगरपालिका–११ माधवपुरबाट गाँजा ओसारपसारमा संलग्न दुई युवक बुधवार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुलीको मरिण गाउँपालिका–३ का २८ वर्षीय रुपेश मोक्तान र हरिवन नगरपालिका–६, घुर्कौलीका ३२ वर्षीय रामबहादुर जिम्बा रहेको प्रहरीले जनाएको छ ।नयाँरोड–मधुवनी सडक हुँदै बा ९३ प ८६१ नम्वरको मोटरसाइकलमा भारततर्फ गाँजा लिएर जाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको सर्लाही प्रहरीले जानकारी दिएको छ । गाँजासहित पक्राउ परेका दुवै युवकलाई जिल्ला प्रहरी कार्यालय मलंगवा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख गोपालचन्द्र भट्टराईले बताए ।सिन्धुली र मकवानपुरको पहाडी क्षेत्रमा उत्पादित गाँजा बिक्रीका लागि सर्लाही सहित तराई जिल्लाको ग्रामीण सडक हुँदै भारतसम्म पुर्‍याउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस