ओलखढुंगामा भएको उच्च अदालतको अस्थायी इजालस सार्न माग

पुष्कर खड्का ,रामेछाप
उदयपुर जिल्लाका विभिन्न सरोकारवालहरूले ओलखढुंगामा भएको उच्च अदालतको अस्थायी इजालस उदयपुरमै सार्न माग गरेका छन्।उदयपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा गरी ४ जिल्ला हेर्नेगरी उच्च अदालत विराटनगरको अस्थायी इजलास संविधान जारी भएयता ओखलढुंगा तोकिएपछि निरन्तर रूपमा उदयपुरमै सार्न माग गर्दै आएका छन् ।जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्यहरू, राजनीतिक दल, स्थानीय तहका प्रमुख, नागरिक समाजसहितको टोलीले आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीसमक्ष उदयपुरमै इजलास तोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ। जसले गर्दा जिल्ला अदालतमै इजलास कायम गर्न वा उच्च अदालत विराटनगरमा तोक्न माग गरिएको उदयपुरका वरिष्ठ अधिवक्ता मोहनबहादुर कार्कीले बताए। जिल्ला अदालतको फैसला चित्तबुझ्दो नभएमा उच्च अदातल जानुपर्ने भए पनि अधिकांश नागरिकहरू पुनरावेदनका लागि ओखलढुंगा जान छाडेको ज्ञापन पत्र बुझाउन गएको टोलिमा सहभागी एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस