पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशले भट्टराईले सुरु गरे अाज बाटै पर्यटन मन्त्रालयको जिम्मेवारी

पुष्कर खड्का ,रामेछाप
नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले अाज देखिनै जिम्मेवारी सम्हालेका छन्। जिम्मेवारी सम्हाल्नुअघि मन्त्री योगेशलाई राज्यमन्त्री धनबहादुर बुढा र कर्मचारीहरुले स्वागत गरेका छन्। त्यसअघि उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन्।तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि खाली रहेको स्थानमा भट्टराईले जिम्मेवारी पाएका हुन्।

प्रतिक्रिया दिनुहोस