काे हुन् त पर्यटनमन्त्री याेगेश भट्टराई ?

पुष्कर खड्का ,रामेछाप
क. योगेश भट्टराई २०२३ भदौ २१ गते ताप्लेजुङको साँघु (मैवाखोला गाउँपालिका–३) मा आमा महेन्द्रादेवी र बुबा स्व. भीमलालका कान्छा छोराका रूपमा जन्मिनुभयो । मध्यमवर्गीय परिवार थियो । तीन दिदी, एक दाजुु र एक बहिनी । उहाँ दुुई वर्षको छँदा नै बुवा बित्नुुभयो ।
बुवा समाजसेवी हुनुहुन्थ्यो । शिक्षाको ज्योति फैलाउनुपर्छ भन्ने भावनाले नयाँ विद्यालयहरू स्थापना गर्न प्रेरित गर्नुहुन्थ्यो । स्थापना भएका विद्यालयको दिगोपनाका लागि सकेजति आर्थिक सहयोगसमेत गर्नुहुन्थ्यो । बालबालिकालाई स्कुल पठाउन प्रेरित गर्नुहुन्थ्यो । उहाँले २००८ सालमा २० हजार भारु चन्दा दिएको तेह्रथुम जिल्लाको संक्रान्तिस्थित त्रिमोहन स्कुल पूर्वकै प्रख्यात विद्यालयमा पर्छ । उहाँको आर्थिक सहयोगमा खुलेका स्कुलहरू अहिले उच्च माविका रूपमा सञ्चालन भइरहेका छन् । योगेशले २०५१ सालमा ताप्लेजुङ ढुंगेसाँघु निवासी विन्दा घिमिरेसँग विवाह गर्नुभयो । उहाँले अथाह सम्भावना बोकेको ताप्लेजुङका ती सबै स्कुल तथा अस्पताललाई सुविधासम्पन्न र आधुनिकीकरण गर्ने योजना अघि सार्नुभएको छ ।
मादीको हडतालदेखि केन्द्रीय कारागारसम्मसाँघुकै (मैवाखोला गाउँपालिका) नारायणी निमाविमा कक्षा ७ सम्मको पढाइ सकेर माध्यमिक शिक्षाका लागि योगेश संखुवासभाको मादी माविमा भर्ना हुनुभयो, जहाँ पुग्न उहाँको गाउँबाट दुई दिनको पैदलयात्रा गर्नुपथ्र्यो । गाउँमा माध्यमिक विद्यालय नभएका कारण २०३७ सालमा उहाँ मादी पुग्नुभएको थियो ।
२०३६ सालको विद्यार्थी आन्दोलनको रापताप बिस्तारै गाउँसम्म फैलिँदै थियो । गाउँसम्म अनेरास्ववियुको चर्चा हुँदै थियो । पञ्चायती व्यवस्थाविरुद्ध गाउँगाउँबाट उठ्नुपर्ने सन्देश मादीसम्म त्यतिबेला पुगिसकेको थियो । पञ्चायती व्यवस्थाविरुद्ध २०३७ चैत १४ मा पहिलोपटक अनेरास्ववियुले हामहडताल ग¥योे । नेपालकै पहिलो ऐतिहासिक हडताल सफल पार्न उहाँ सक्रिय रूपमा सहभागी हुनुभयो । संगठित हिसाबले उहाँको राजनीतिक यात्राको आरम्भ पनि त्यही थियो । उहाँ सम्झनुहुन्छ, ‘आमहडताल भनेपछि अनिश्चितकालका लागि होला भनेर हामीले २० दिनसम्म माविमा हडताल ग¥यौं ।’
स्वविवेकले आन्दोलनमा होमिनुभएका योगशले स्कुले जीवनपछि भने ताप्लेजुङका अगुवा शिक्षकहरू डिल्ली घिमिरे, हरि घिमिरे, बोलिनन्द फागोबाट राजनीतिक सम्पर्क र शिक्षा पाउनुभयो ।
एसएलसीपछि उच्च शिक्षाका लागि २०४० सालमा राजधानीको ताहाचलस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा भर्ना हुनुभयो । पञ्चायती व्यवस्थाविरोधी आन्दोलनका क्रममा (विषाक्त दूधका विरुद्धको आन्दोलन) १८ वर्षको उमेरमा नै पहिलोपटक काठमाडौंको केन्द्रीय कारागारमा थुनिनुभयो । सरल, सक्रिय, स्पष्ट र जुझारु स्वभावका कारण महेन्द्ररत्न क्याम्पसको नेतृत्व लिन उहाँलाई धेरै समय लागेन । छोटो समयमै क्याम्पसमा लोकप्रिय र जुझारू नेताका रूपमा स्थापित हुनुभयो । २०४१ सालमा महेन्द्ररत्न क्याम्पसको स्ववियु निर्वाचनमा उपसभापति र २०४३ सालमा सभापति पदमा अत्यधिक मतले विजयी हुनुभयो । देशभरिका हजारौं विद्यार्थीको उपस्थिति रहेको त्यो मञ्चमार्फत उहाँको राजनीतिक यात्राले एउटा उचाइ प्राप्त गरिसकेको थियो ।
पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध दृढतापूर्वक अघि बढ्दै जाँदा उहाँले थुप्रैपटक जेलनेल र कठोर यातना भोग्नुप¥यो । जेल बसाइका बेला झापा संघर्षका चर्चित अगुवाहरू केपी ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारीलगायत राजनीतिक बन्दीहरूसँग नजिकबाट अन्तक्र्रिया गर्ने अवसर पाउनुभयो, जसबाट राजनीतिक यात्रालाई अझ निखर बनाउन सहयोग पुुग्यो ।
यही क्रममा उहाँले अनेरास्ववियुको काठमाडौं जिल्ला कमिटीको सदस्य तथा बाग्मती अञ्चल कमिटीको सचिवको जिम्मेवारी सम्हाल्नुभयो । आन्दोलन र राजनीतिक जिम्मेवारीसँगसँगै उहाँले आफ्नो पढाइलाई पनि निरन्तरता दिइरहनुभएको थियो । त्यहीबीचमा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र÷मानवशास्त्रमा स्नातकोत्तरसमेत गर्नुभयो ।
पञ्चायती व्यवस्थालाई समाप्त गर्न पञ्चायती चुनावलाई उपयोग गर्ने पार्टी नीतिलाई कार्यान्वय गर्ने सिलसिलामा २०४३ सालमा भएको निर्वाचनमा केही समय काठमाडौंमा र बाँकी समय ताप्लेजुङका सम्मानित व्यक्तित्व अम्बिका साँवाको चुनावी अभियानमा बिताउनुभयो । जनपक्षीय उम्मेदवार साँवाको चुनाव प्रचारका क्रममा रातिराति साथीभाइसँग संगठन गर्दै जनताको घरआँगनमा मकैभटमास खाँदै हिँडेको सम्झना अहिले पनि उहाँसँग ताजै छ । साँघुमा चुनाव प्रचार गरिरहेको बेला २०४८ साल वैशाख १० गते सिनाममा एमालेका कार्यकर्ता क. इन्द्र थेबे र क. रुकमान थेबे हत्याको खबर सुन्नुप¥यो । हत्याको खबरले उहाँलाई दुखित त बनायो तर त्यसलाई अझ शक्तिका रूपमा ग्रहण गर्दै अघि बढ्नुको विकल्प थिएन । उहाँले त्यसै गर्नुभयो ।
ताप्लेजुङका असल अभिभावक
उतिखेर साँघुमा माध्यमिक र उच्च शिक्षा शिक्षा नभएक कारण योगश संखुवासभाको मादी हँुदै काठमाडौं आउनुभयो । तर, ताप्लेजुङसँगको सामीप्य र ताप्लेजुङका जनताको सम्बन्ध भने सधैं कसिलो रह्यो । देशको आशाको अनुहार त हुँदै हुनुहुन्छ, ताप्लेजुङ र ताप्लेजुङे जनताको असल अभिभावकको भूमिकासमेत उहाँले निरन्तर निर्वाह गरिरहनुभएको छ । ताप्लेजुङको विकास र समृद्धिका लागि काठमाडौंमा हुने अभियानमा मात्रै होइन, सकेसम्म जिल्लामा भएका अभियानमा समेत उहाँ सधैं सक्रिय सहभागी हुनुभयो । ताप्लेजुङको समग्र विकासका निम्ति उहाँहरूकै सक्रियता र अगुवाइमा २०६४ सालमा ‘ताप्लेजुङ सरोकार केन्द्र’को स्थापना भयो । उहाँ त्यसका संस्थापक महासचिव हुनुहुन्थ्यो, जसले ताप्लेजुङको विकासका लागि केन्द्रीय तहमा उहाँकै नेतृत्वमा बहसहरू सुरु ग¥यो । ताप्लेजुङमा आगलागी हँुदा होस् वा पहिरो जाँदा अथवा कुनै प्राकृतिक विपत्ति आइलाग्दा होस्, उहाँ सधैं ताप्लेजुङे जनताको संकटको साथी बन्नुभयो । विपत्तिमा परेका ताप्लेजुङका जनताको राहत र उद्धारको अगुवाइ उहाँले नै गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस