olux

योगेश भट्टराईले लिए पर्यटनमन्त्रीको शपथ

पुष्कर खड्का ,रामेछाप
ताप्लेजुङबाट निर्वाचित नेकपा सांसद योगेश भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको शपथ लिएका छन्। भट्टराईलाई शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन्। मन्त्री योगेशको शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना लगायतका संवैधानिक निकायका प्रमुख उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस