योगेश भट्टराईले पर्यटन मन्त्रीको सफत आज अपह्रान्न ४ बजे लिने

पुष्कर खड्का ,रामेछाप।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा योगेश भट्टराई नियुक्त हुने भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतले बताएअनुसार नवनियुक्त मन्त्री भट्टराईले आजै ४बजे शपथग्रहण गर्नेछन् ।तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि मन्त्री पद खाली थियो भने मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले सम्हाल्दै आएका थिए ।प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर जानुअघि मन्त्री नियुक्त गरेका हुन् ।प्रधानमन्त्रीले मन्त्रिपरिषद नै फेरबदल गर्ने चर्चा पनि चलिरहेको छ। तर आज भने भट्टराईले मात्र मन्त्रीको सपथ लिने बालुवाटार स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस