मन्थली नगरपालिका मेयर बस्नेतद्वारा गम्भीर ध्यानाकर्षण शिक्षा र स्वास्थ्य सेवा प्रभावकारी बनाउँने बिषयमा

१५साउन,रामेछाप
पुष्कर खड्का
रामछापको मन्थली नगरपालिकला प्रमुख रमेश कुमार बस्नेतले नेपालको संविधानले मौलिक हकका रुपमा व्यवस्था गरेको शिक्षा र स्वास्थ्यको सेवा प्रभावकारी बनाउँन नगरपालिका गम्भीर रहेको बताएका छन् । नगरवासीलाई स्वास्थ्य र शिक्षाको सहज पहँुचमा पुर्याउँनका लागि नगरपालिकाले कुनै कसुर बाकि नराख्ने नगरप्रमुख बस्नेतको भनाई छ । मंगलबार मन्थलीमा आयोजित अमेरिककियरको आर्थिक सहयोगमा टि.पि.ओ नेपालद्धारा संचालित मिरा परियोजनाको बहिरगमन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
नगरप्रमुख बस्नेतले कहिले कर्मचारीका कारण , कहिले आर्थिक अभावका कारण नगरपालिकाभित्र स्वास्थ्य क्षेत्रमा केहि समस्याहरु आउँने गरेको भएपनि त्यसको समाधान गरी स्वास्थ्य सेवा प्रभावकारी बनाउँन नगरपालिका सक्षम रहेको बताए । उनले नगरभित्रको स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउँन स्वस्थ आलोचना गर्न पनि सबैलाई आग्रह गरे । टि.पि.ओ नेपालका निर्देशक निरोज कोइरालको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगरपालिका वडा नं १ का वडाध्यक्ष नारायणदाश श्रेष्ठ , खाँडादेवी गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नं ६ का वडाध्यक्ष पुष्कर कुमार कार्की,मन्थली नगरपालिका स्वास्थ्य उपसंयोजक रामप्रसाद प्रसाई , नेपाल पत्रकार महासंघ रामेछापका केन्द्रीय पाषर््ाद युनिक विफा घिसिङ लगाएतले टि.पि.ओ नेपालद्धारा संचालित मिरा परियोजनाले रामेछापमा रहेका मानसिक रोगिहरुको उपचार र मरामर्शमा खेलेका भुमिकाका बारेमा बोलेका थिए ।उनीहरुले मिरा परियोजनाले जिल्लाको मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकामा रहेका मानसिक रोगीहरुको औषध उपचार र मनोपरामर्ष गरेर स्थानीय सरकारले संचालन गरिरहेको स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउँन ठुलो भुमिका निर्वाहका गरेको बताएका छन् । टि.पि.ओ नेपालका जिल्ला कार्यक्रम संयोजक पाण्डव प्रािईले मिरा परियोजना बहिरगमन भएपनि टि.पि.ओ नेपालले सक्ने सहयोग गरिरहने बताए।कार्यक्रममा नगरपालिका तथा गाउँपालिकाका प्रमुख एवं प्रतिनिधिहरु ,वडाध्यक्षहरु , विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु , स्वास्थ्यकर्मीहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा
सहभागिहरुले रामेछाप जिल्लामा रहेका मानसिक समस्या भएकाहरुका लागि अत्यावश्यक कार्यक्रम संचालन गर्ने मिरा परियोजनालाई कार्य अवधी थप गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस