प्रहरीले लागुऔषध सहित २ जना पक्राउ

१५ साउन,रामेछाप
पुष्कर खड्का
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही साउन १४ गते चागुनारायण नगरपालिका-५ पिखेलबाट सोही ठाउँ बस्ने पवित्रम कार्की र कविन कार्कीलाई अबैध लागुऔषध पोल्याण ५ ग्राम सहित पक्राउ गरेको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस